खुशीराम पाख्रिन स्मृति सांस्कृतिक कार्यक्रमको तयारी पूरा

खुशीराम पाख्रिन स्मृति सांस्कृतिक कार्यक्रमको तयारी पूरा

काठमाडौ । जनवादी तथा प्रगतिशील साँस्कृतिक आन्दोलनका धरोहर गीतकार, संगीतकार तथा जनगायक खुशीराम पाख्रिन स्मृति सांस्कृतिक कार्यक्रमको तयारी पूरा भएको छ।

गीत गाउँदा गाउँदै ढलेका जनवादी गायक पाख्रीनको सम्झनामा भोलि बुधबार दिउँसो २ बजे राष्ट्रिय नाचघर जमलमा हुने कार्यक्रमको तयारी पूरा भएको आयोजक तथा जनसाँस्कृतिक महासंघ ३ नं प्रदेश संयोजक केशर कुमार कालिकोटेले जानकारी दिएको हो।

पाख्रिनको गत मङ्सिर ५ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का पुत्र एवं माओवादी केन्द्रका नेता प्रकाश दाहालको श्रद्धाञ्जली सभामा आफ्नै गृह जिल्ला चितवनमा गीत गाउँदा गाउँदै हृदयघात भई असामयिक निधन भएको थियो ।

जनगायक पाख्रीनले राष्ट्रप्रति पुर्याएको अतुलनीय योगदानको उच्च कदर गर्दै जनसांस्कृतिक महासंघ नेपाल ३ नं प्रदेशको आयोजनामा ने.क.पा माओवादी केन्द्रका अध्यक्ष (प्रचण्ड) को प्रमुख आतिथ्यतामा खुशीराम पाख्रिन स्मृति सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको हो ।

सांस्कृतिक कार्यक्रममा जनकलाकार संघ केन्द्रिय टोलीका कलाकारहरु साथै अतिथि कलाकार जिवन शर्मा, जेवी टुहुरेको विशेष प्रस्तुति रहने छ।विशेषगरि कार्यक्रम अवधिभर खुशीराम पाख्रिनद्वारा रचिएको गीत रचनाहरु प्रस्तुत हुने कार्यक्रम संयोजक कालिकोटेले जानकारी दिए ।

Share