आन्दोलनले आमरण अनसनसम्मको रुप लिन सक्ने चेतावनी

आन्दोलनले आमरण अनसनसम्मको रुप लिन सक्ने चेतावनी

काठमाडौ । कामबाट हटाईएको भन्दै आन्दोलित सामाजिक परिचालकहरुले आज १५ औँ दिन पनि काठमाण्डौँमा प्रदर्शन गरेका छन्।

नेपाल सामाजिक परिचालक कर्मचारी संघको नेतृत्वमा माईतिघर मण्डलाबाट नाराबाजी सहित निकालिएर बानेश्वरको निशेधित क्षेत्रसम्म प्रदर्शन गरेका हुन् । उनीहरुले रोजगार युवालाई बेरोजगार बनाएको भन्दै सरकारमाथि आक्रोश ब्यक्त गरेका छन् ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सन् २००८ को जुलाईदेखि सञ्चालन गरेको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम समाप्त भएसँगै देशभरका ४ हजार ७ सय ६४ सामाजिक परिचालकहरुले विदा लिनु पर्ने भएपछि उनीहरु आन्दोलित भएका हुन्।

स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा मन्त्रालयले यो कार्यक्रम सञ्चालन गरेको थियो ।

Share