भत्ता बढाउने निर्णयले वित्तिय संकट आउन सक्ने

भत्ता बढाउने निर्णयले वित्तिय संकट आउन सक्ने

काठमाडौ । सरकारले पछिल्लो समय गरेका निर्णयले देशमा बित्तिय संकट आउन सक्ने पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतले बताएको छ।

सत्तारुढ काँग्रेसका नेता समेत रहेका पूर्व अर्थ मन्त्री महतले क्षणिक लोकप्रियताका लागि सामाजिक सुरक्षाको भत्ता बढाउने निर्णय गर्दा वित्तिय संकट आउन सक्ने बताएको हो।

पूर्व अर्थमन्त्री महतले श्रोत विनाको खर्च गर्ने घोषणाले मुलुकलाई थप एक खर्व भार पर्ने बताए । राजनीतिक निर्णयका कारण मुलुकमा आर्थिक दायित्व बढ्ने भन्दै महतले सबै राजनीतिक दलमा गैरजिम्मेवारपन देखिएको आरोप लगाए ।

Share