निर्माता न्यौपानेले जन्मदिनको केक काटे आमाघरमा

निर्माता न्यौपानेले जन्मदिनको केक काटे आमाघरमा

काठमाडौ । सुप्रशिद्ध कलाकारको नामले चिनिदै आएका तथा फिल्म निर्माता प्रकाश चन्द्र न्यौपानेले आफ्नो जन्मदिनलाई आज एक ऐतिहासिक मोडमा मनाएका छन्।

कलाकार तथा निर्माता न्यौपानेले आफ्नो जीवनकै महत्वपूर्ण यो क्षणलाई बृद्धाश्रममा मनाउने इच्छा स्वरुप सुनारगाउँस्थित दिलशोभा श्रेष्ठको आमाघरमा मनाउने निर्णय गरेको हो।

यसरी जन्मदिन मनाउने क्रममा निर्माता न्यौपानेका साथमा अत्यधिक बुलन्दी नायिका शुभेच्छा थापा, निर्देशक राजु गिरी, वरिष्ठ नृत्य निदेर्शक कमल राई लगायत अन्य कलाकारहरुको जम्बो टीम श्रेष्ठको आमाघरमा पुगेका थिए ।

जन्मदिनको आयोजित कार्यक्रम आमाघरमा रहेका ७० जना बृद्धबृद्धा आमाहरुकासाथ केक काटेर जन्मदिन मनाइएको थियो । आमाहरुलाई स्रद्धा र भक्तिपूर्वक आदर गरिनुकासाथै विहानको खाना खुवाईएको थियो ।

कार्यक्रमकै अवसरमा आमाघरमा आस्रित आमाहरुसँग आशिर्वाद लिदै एक आपसमा खुशी साटासाट गरिएको थियो भने त्यो पललाई कहिल्यै नविर्सने पनि निर्माता न्यौपानेले वताए ।

चलचित्र निर्जला निर्माणको क्रममा अति व्यस्तताको वावजुद पनि आफ्ना जीवनका ती महत्वपूर्ण क्षणलाई आमाघरमा गएर जन्मदिन मनाउने अकल्पनीय निर्णय ठान्दै आफू अत्यन्तै प्रभावित भएको वताए ।

Share