डा. रूइतलाई पद्मश्री पुरस्कारद्वारा सम्मान गर्ने भारत सरकारको निर्णय

डा. रूइतलाई पद्मश्री पुरस्कारद्वारा सम्मान गर्ने भारत सरकारको निर्णय

काठमाडौ । भारतवर्षको ६९ औ गणतन्त्र दिवसको अवसरमा नेपालका आँखा चिकित्सक डा. सन्दुक रूइतलाई भारत सरकारले प्रतिष्ठित पद्मश्री पुरस्कारद्वारा सम्मान गरेको छ ।

भारतरत्न, पद्मभूषण तथा पद्मविभूषणपछिको सम्मान पाउनेको सूचीमा रुइतको नाम पनि छ । गणतन्त्र दिवसको अवसरमा भारतले रूइतलाई पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको हो ।

सस्तो मूल्यमा मोतिविन्दूको शल्यक्रिया गरी डाक्टर रुईतले एक लाखभन्दा बढी मान्छेलाई ज्योति प्रदान गरेको भन्दै भारत सरकारले रूइतलाई पुरस्कार दिने निर्णय गरेको हो।

Share