आचार संहिता लागू आजैबाट

आचार संहिता लागू आजैबाट

काठमाडौ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन स्वच्छ, निश्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि आजदेखि आचार संहिता लागू गरिएको निर्वाचन आयोगले जनाएको छ।

नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश र स्थानीय तह, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सुरक्षा निकाय, निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा तिनका भ्रातृ संगठन, उम्मेदवार, सार्वजनिक पद धारण गरेको व्यक्ति, पर्यवेक्षक तथा सरकारी र नीजि क्षेत्रका संचारमाध्यमलाई आचार संहिता लागू हुने आयोगले सूचनामा उल्लेख गरेको छ ।

Share