सिपवान अनि धैर्यवान प्रमोद भण्डारीको गजबको आँट

सिपवान अनि धैर्यवान प्रमोद भण्डारीको गजबको आँट

काठमाडौ। एक पछि अर्को गरेर नेपाली चलचित्र उद्योगमा निरन्तर चलचित्र निर्माण तथा निर्देशनमा लागिपरेका चलचित्रकर्मी प्रमोद भण्डारी पनि एक हुन्। तीन दशक देखि नेपाली चलचित्रको घामपानी झेल्दैआएका प्रमोद भण्डारीलाई नेपाली चलचित्रको बर्तमान अवस्था मज्जाले थाहा छ। अब चलचित्र निर्माण गर्नु भनेको सिस्नोको झ्याङमा पैसा हुत्याउनु बराबर हो भन्ने धेरैको भनाई आएको छ। तर, प्रमोद भण्डारीलेभने त्यस झ्याङवाट पनि पैसा सुरक्षित रुपमा रिटर्न गर्न सक्ने आफूसंग थुप्रै उपाय रहेको ठोकुवा गरेका छन्।

त्यही उपायको कारण अरु चलचित्र चलाउन नसकेर ठण्डाराम बन्ने गरेको अवस्थामा पनि चलचित्र निर्माण तथा निर्देशन गरेर सफलताको शिखरमा क्रमिक रुपमा उक्लदै गएका छन्। पागलपन, इलाका, सन्देश, गंगाजल, विन्तीपत्र, नतिजा, मन पराए माया लाए जस्ता हिट चलचित्र निर्माण तथा निर्देशन गर्न सफल प्रमोद भण्डारी चलचित्र बनाउन तथा चलाउन दिमाग चाहिने र त्यो दिमाग लगाउन जानेकै कारण सफल भएको सुत्र पनि सुनाउने कार्य उनीवाट भएको छ।

त्यसैकारण आफ्नो प्रोडक्सनको ११ औं चलचित्र आक्रान्त निर्माण तथा निर्देशन गर्ने घोषणा गर्ने कार्य प्रमोद भण्डारीवाट भएको छ। यही आउने फाल्गुण महिनावाट शुटिङ गर्ने डेट समेत फिक्स गरिसकेका प्रमोद भण्डारीले चलचित्र आक्रान्तको प्रोष्ट–प्रोडक्सनको कार्य संपन्न गरिसकेका छन्। अव केवल कलाकार छनौट मात्र बाँकी रहेको पनि उनले भनेका छन्।

राम्रो चलचित्र निर्माण गर्ने तथा विषयवस्तु अनि समयानुकुल फिल्म बनाउनेका लागि दर्शकको कुनै अभाव नभएको अत्यन्त सकारात्मक सोच राख्ने प्रमोद भण्डारीको साहसलाई सवैले सलाम गर्ने गरेका छन्। प्रमोद भण्डारी साँच्चै साहसी र आंटिला निर्माता तथा निर्देशकका रुपमा लिइने गरेको छ।

काठमाडौको सिनामंगलका स्थानीय प्रमोद भण्डारीको लागि काठमाडौ नौलो तथा नयाँ होइन। यही काठमाडौको माटोमा जन्मेर अनि यही माटोका धुलोमा हुर्केर बलियो बनेका आँट र साहसका धनी प्रमोद हरेकमा बलियो सोच हुनु आवश्यक भएको जिकिर गर्छन्। पिता रामकृष्ण भण्डारी र आमा जानकी भण्डारीको कोखवाट जन्मेका प्रमोद सिपवान तथा धैर्यवान व्यक्ति पनि हुन्। उनले नजानेका र नसिकेका कुनै सीप अव बाँकी छैन्।

परिआएको खण्डमा जस्तोसुकै काम गर्न पनि जानेका प्रमोद जहाँपनि टिक्न सक्ने व्यक्ति पनि हुन्। अर्को अर्थमा प्रमोद पानी हो। पानी जस्तै जुनसुकै भाडोमा पनि मज्जाले अटाएर आकार लिन सक्ने खुबीवान व्यक्तित्व पनि भएका कारण उनको धैर्य, साहस र लगनको मनग्गे तारिफ गर्नेहरुको कमी छैन्। यही नै उनको सफलताको प्रतिक मानिन्छ।

Share