गुणस्तरीय शिक्षाका लागि नगरपालिकाद्वारा कोचिङ कक्षा

गुणस्तरीय शिक्षाका लागि नगरपालिकाद्वारा कोचिङ कक्षा

मनिषा राई रोल्पा । रोल्पा नगरपालिका अन्तर्गतको नगरशिक्षा समितिको बैठक विहिवार सम्पन्न भएको छ । रोल्पा नगरपालिका प्रमुख पूर्ण केसीको अध्यक्षतामा बसेको बैठकले रोल्पा नगरपालिकाद्धारा नगरक्षेत्रभित्रमा रहेका विद्यालयहरुमा गुणस्तरीय र प्रभावकारी शिक्षा प्रदान गर्ने वातावरणको सिर्जना गर्न पहल भएको हो ।

नगरपालिकाभित्रका विद्यालयहरुमा गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण बनाउनका लागि र विद्यार्थीहरुलाई अत्याधिक अप्ठ्यारोको रुपमा रहेको तीनवटा विषय अंग्रेजी, गणित र विज्ञान विषयलाई व्यवस्थित बनाउन तथा विद्यार्थीको सहजतामा ढाल्नका लागि रोल्पा नगरपालिकाले विभिन्न किसिमका अवधारणाहरु ल्याउने निर्णय समेत गरेको छ ।

बैठकले यसै वर्षमा नगरपालिकाभित्र रहेका ८ वटा माध्यमिक स्तरका सरकारी विद्यालयहरुमा अंग्रेजी, विज्ञान, गणित विषयका लागि कोचिङ कक्षा सञ्चालनमा प्रोत्साहन गर्न बजेट विनियोजन गर्ने निर्णय गरेको छ ।

शिक्षालाई गुणस्तरीय बनाउन, एसईई परीक्षालाई मर्या्िदत र रोल्पाको शिक्षामा सुधार ल्याउनका लागि यो पहल थाल्ने समेत निर्णय गरेको हो। नगरपालिकाको स्थानीय शिक्षा ऐन–२०७४ निर्माणका लागि नगरपालिका स्तरीय विज्ञ टिमको निर्माण गर्ने निर्णय गरेको छ ।

जसमा राजेश धिताल, मधुसुदन पोखरेल, विना मल्ल, लोक कुमार श्रेष्ठ, कृष्ण बहादुर पुन लगायत सम्मिलित एक समूह गठन गरेको छ।

Share