काठमाडौमा क्यान इन्फोटेक मेला -२०१८

काठमाडौमा क्यान इन्फोटेक मेला -२०१८

काठमाडौ । आजबाट काठमाडौंमा क्यान इन्फोटेक–२०१८ शुरु हुदैछ । कम्प्युटर एशोसिएशन अफ नेपाल क्यानको आयोजनामा भृकुटी मण्डपमा मेला हुन लागेको हो।

मेलाको बिहान ११ बजे सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गर्ने कार्यक्रम छ । माघ १६ गतेसम्म सञ्चालन हुने मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल , प्रमुख बिक्रेता तथा वितरक, इन्टरनेट सेवा प्रदायक, दुरसञ्चार, आइसिटी कलेज तथा तालीम प्रदायक संस्था, सफ्टवेर सोलुसन्स जस्ता कक्ष रहने छन् ।

क्यान इन्फोटेक-२०१८ को मुख्य प्रदर्शन कक्षमा ४९ वटा ठूला र हल बाहिर पाँचवटा ब्राण्डिङ प्रदर्शनी कक्ष, ओपन स्पेश १४ तथा फुड कक्ष १० तथा अन्य गरी कूल २ सय २२ कक्ष रहने आयोजकले जनाएको छ ।

सरकारी विद्यालयबाट मेला अवलोकन गर्न आउने विद्यार्थीको नामावली उपलब्ध गराएमा उनीहरुलाई निःशुल्क प्रवेश गर्ने व्यवस्था गरिने क्यानले जनाएको छ।

Share