भाइरल ज्वरो नियन्त्रणमा नआएपछि १६ विद्यालय बन्द

भाइरल ज्वरो नियन्त्रणमा नआएपछि १६ विद्यालय बन्द

काठमाडौ । कालिकोटमा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा नआएपछि प्रभावित क्षेत्रका १६ विद्यालय ४ दिनका लागि बन्द गरिएको छ।

जिल्ला शिक्षा कार्यालयले खाँडाचक्र नगरपालिका र सान्नी त्रिवेणी गाउँपालिकाका विद्यालय आजदेखि ४ दिनका लागि बन्द गरेको हो।

जिल्ला दैवी प्रकोप उद्धार समिति र स्थानीय वडाको आग्रहमा जिल्ला शिक्षाले खाँडाचक्र १, २, ३ र ४ वडाका सबै १५ वटै र सान्नी त्रिवेणी गाउँपालिकाको एउटा विद्यालय बन्द गर्न जिल्ला शिक्षा कार्यालय निर्णय गरेको छ ।

भाइरल ज्वरो समूहमा रहदा फैलिने सम्भावना भएकाले विद्यालय ४ दिन बिदा दिने निर्णय गरिएको जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीले जानकारी दिए।

सान्नी त्रिवेणी गाउँपालिकाको बडरुख आधारभूत विद्यालयमा मात्रै १ सय ५० विद्यार्थी बिरामी परेका छन् । खाँडाचक्रमा पनि ८० प्रतिशत स्कुले बालबालिका बिरामी परेको जिल्ला स्वास्थ्य प्रमुख डा. कौशल अलीले जानकारी दिए ।

Share