सहयोगी हातहरुकासाथ महालक्ष्मी विकास बैक गाउँ-गाउँमा

सहयोगी हातहरुकासाथ महालक्ष्मी विकास बैक गाउँ-गाउँमा

काठमाडौ । काठमाडौ को दरवारमार्गमा केन्द्रीय कार्यालय रहेको महालक्ष्मी बिकास बैँक लि. को शाखा कार्यालय परासीले वसन्त पञ्चमी अर्थात सरस्वती पूजाको अवसर पारेर विद्यालयलाई सहयोग गरेको छ।

सोमवार बैंकले एक समारोहकावीच मनरी–५ तिलौली नवलपरासीे स्थित श्री त्रिमूर्ती प्राथमिक विद्यालयलाई २ थान कम्प्युटर र ३५ थान विद्यार्थीले बोक्ने झोला हस्तान्तरण गरेको हो।

कार्यक्रममा रामग्राम नगरपालिकाका मेयर नरेन्द्र गुप्ता प्रमुख अतिथि तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाद राय अतिथिका रुपमा उपस्थित रहेको थियो।

अब बैँकको यो सहयोगले अहिलेको आधुनिक युगमा, शहरमा जस्तै गाउँगाउँमा पनि विद्यार्थीलाई कम्प्युटर शिक्षा प्रदान गर्न विद्यालय समर्थ भएकोमा रामग्राम नगरपालिकाका मेयर नरेन्द्र गुप्ताले बैँकको यो कार्य सराहनीय भएको विषयमा टिप्पणी गरेका थिए ।

त्यस्तैगरी कार्यक्रममा सरावल गाँउपालिका बडा नं २ का अध्यक्ष शम्भु प्रसाद चौधरीले समारोहमा बोल्दै यस कार्यले विद्यार्थीवर्गलाई अध्ययन अध्यापनमा थप हौसला थपेको उल्लेख गर्दै बैँकलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा त्रिमूर्ती प्राथमिक विद्यालयका प्रधानाध्यापक मस्जीद अलि अन्सारीले आफ्नो विद्यालयलाई छानेर सहयोग गरेकोमा आफू असाध्यै खुशी भएको वताउँदै महालक्ष्मी बिकास बैँक लि. प्रति हार्दिक आभार प्रकट गरेका थिए ।

संस्थागत सामाजिक उत्तरदायित्वसंग सम्बन्धित बिभिन्न सामाजिक कार्यहरु गर्दै अग्रपंक्तिमा रहेको महालक्ष्मी विकास बैंक लिमिटेडले यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिदैं जाने प्रतिबद्धता समेत जनाएको छ ।

Share