कानूनी प्रक्रिया पूरा नगरी ११ वटा उद्योग सञ्चालनमा

कानूनी प्रक्रिया पूरा नगरी ११ वटा उद्योग सञ्चालनमा

काठमाडौ । सरकारले गुणस्तर प्रमाण चिन्ह नलिई नियम विपरित सञ्चालनमा रहेका साविकका नारायणी अञ्चलका ग्यास उद्योगलाई एक महिनाभित्र प्रमाण चिन्ह लिन समय सीमा तोकेको छ ।

नारायणी अञ्चलमा रहेको १२ वटा ग्यास उद्योग मध्ये बाराको परवानीपुरमा रहेको मनोज ग्यास उद्योगले मात्र गुणस्तर प्रमाण चिन्ह लिएको छ।

अन्य ११ वटा ग्यास उद्योगले कानूनी प्रक्रिया पूरा नगरेकाले एक महिनाभित्र प्रमाण चिन्ह लिन सरकारले आदेश दिएको गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जका प्रमुख राकेशकुमार झाले जानकारी दिए ।

एक महिनाअघि वीरगञ्जको रघुनाथपुरमा रहेको सुपर ग्यास उद्योगमा आगलागी भई धनजनको क्षति भएपछि सरकारले ग्यास उद्योगमाथि कडाई गर्न थालेको छ।

Share