चेली नेपालको तालिम केन्द्रमा पुस्तकालयको शुभारम्भ

चेली नेपालको तालिम केन्द्रमा पुस्तकालयको शुभारम्भ

सिन्धु ढकाल/ चितवन । पुस्तक दिवसको अवसर पारेर मानव बेचबिखन तथा हिंसा प्रभावित चेलीहरुका लागि आज पुस्तकालयको शुभारम्भ गरिएको छ।

मानव बेचबिखन तथा महिला हिंसा बिरुद्ध कार्यरत संस्था चेली नेपालको भरतपुर चितवनमा रहेको तालिम केन्द्रमा रहेका चेलीहरुका लागि पुस्तकालयको आरम्भ गरिएको हो।

पुस्तक दिवसको अवसरमा चितवनका साहित्यकार धनराज गिरी, द्धारिका नेपाल, स्थानीय श्रीकृष्ण गोकर्ण उपाध्याय लगायतले पुस्तक सहयोग गरेको थियो।

पुस्तकालयका लागि साझा प्रकाशन साथै अन्य सहयोगीहरुले पुस्तक उपलब्ध गराउने प्रतिवद्धता प्राप्त भएको चेली नेपालको आय आर्जन कार्यक्रम संयोजक सिन्धु ढकालले जानकारी दिए।

चेली नेपालले महिला बेचबिखन तथा हिसां प्रभावित महिलाहरुका लागि सिपमूलक तालिम र तालिम पश्चात व्यवसायीक पुनस्थार्पनाका लागि काम गर्दै आएको छ।

तालिम केन्द्रमा आश्रित चेलीहरुको शीप विकास सँगै नेतृत्व विकास र नैतिक शिक्षाका लागि सहयोगी होस् भन्ने उदेश्यले पुस्तकालयको सुरुवात गरेको हो।

महिला बेचबिखन तथा लैगिंक हिंसा न्युनिकरणका लागि संस्थाले सिपमूलक तालिम सँगै, छात्रबृति कार्यक्रम लगाएत जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आएको छ।

Share