५१ औं वर्षमा प्रवेश

५१ औं वर्षमा प्रवेश

काठमाडौ । कृषि विकास बैंकले आज ५१ औं स्थापना दिवस मनाउँदैछ । स्थापना दिवसको अवसरमा आज कृषि विकास बैंकको केन्द्रिय कार्यालय रामशाहपथमा विशेष कार्यक्रम हुदैँछ।

ग्रामिण तथा कृषि क्षेत्रको विकासमा टेवा पु¥याउने उदेश्यले कृषि विकास बैंक २०२४ माघ ७ गते स्थापना भएको हो । बैंकले हाल २ सय ५३ वटा शाखाहरु मार्फत सेवा दिइरहेको छ।

यो बैंकको ५१ प्रतिशत शेयर अहिले पनि नेपाल सरकारको स्वामित्वमा छ भने ४९ प्रतिशत शेयर सर्वसाधरणको स्वामित्वमा रहेको छ।

बैंकका कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले परिवर्तित सन्दर्भमा संघिय संरचना बनाई कारोबार विस्तार गर्दै लैजाने प्रतिवद्धता जनाएको छ।

Share