नजाउ न छोडी मलाई…, फर्क… भन्दा भन्दै छोडी गए श्रीदेवलाई…

नजाउ न छोडी मलाई…, फर्क… भन्दा भन्दै छोडी गए श्रीदेवलाई…

काठमाडौं । अहिलेसम्म ७ वटा नेपाली चलचित्र र ४५ वटा भन्दा बढी गीतको म्यूजिक भिडियोमा अभिनय गरिसकेका चर्चित नायक श्रीदेव भट्टराईले अव गायनमा पनि फड्को मारेको छ।

भट्टराईले नायकीपनलाई यथावत राख्दै गायनमा समेत श्रीगणेश गरेका छन् । अव नायकमा मात्र सिमित रहेनन् भट्टराई अव त गायक पनि बनेर देखाई दिए दुनियाँलाई।

गायक भट्टराईको आवाजमा गुञ्जिएको “नजाउ न छोडी मलाई…” गीतको म्यूजिक भिडियो भरखरै मात्र विश्व बजारमा सर्वत्र सार्बजनिक भएको छ।
म्यूजिक भिडियोमा नायक र गायकको खुवी भएका मल्टी ट्यालेन्टेड भट्राईकासाथमा श्रृजना गुरुङ र उमेश भट्टराईले सार्है दमदार अभिनय पस्केका छन्।

जीवनमा गल्तीहरु सबैको हुन्छ नै, त्यसैले तिमीबाट भएका गलतीहरुलाई तिमी आफैले सम्हाल र म बाट भएका गल्तीहरुलाई म आफै सम्हाल्छु, स्वीकार्छु  फर्क … भनेर अनेकौ तरहले सम्झाउँने कोशिस गर्दा गर्दै आफ्नी प्रेमीकाले कच्चा धागोसरी चटक्क चुँडाएर अर्कैतर्फ मोडिएको यथार्थ भाव झल्किएको छ म्यूजिक भिडियोमा।

भविन्द्र तामाङद्वारा निर्देशित यस म्यूजिक भिडियो “नजाउ न छोडी मलाई…”  गीतको संगीत स्वयम् गायक भट्टराईले गरेका हुन् भने शब्द रहेको छ निर्मला शर्माको।

गायक तथा नायक भट्टराईको आवाजमा तयार भएको यो पहिलो आधुनिक गीतको म्यूजिक भिडियोको सम्पूर्ण छायांकन कतारमा गरिएको हो भने यसमा म्यूजिक एरेञ्जर रहेको छ मनोज चौलागाईको।

गायक भट्टराई भन्छन्, “युट्यूव च्यानेल मार्फत सार्बजनिक गरिएको  “नजाउ न छोडी मलाई…” म्यूजिक भिडियोलाई तपाई विश्वमा जहाँ हुनुहुन्छ त्यहीबाट हेर्न सक्नुहुन्छ।”

अन्त्यमा सम्पूर्ण दर्शक तथा स्रोताहरुले मन पराई दिएर नेपाली मौलिक संगीतप्रेमीहरुले सुनेर हेरेर यसमा भएका कमी कमजोरीलाई औल्याई सल्लाह सुझाव दिन पनि हार्दिक अपिल गर्दछु।

Share