आफ्ना डिलरहरुलाई विदेशको यात्रा

आफ्ना डिलरहरुलाई विदेशको यात्रा

काठमाडौ । देशकै सबैभन्दा भरपर्दो, विश्वासिलो र अधिक रुचाइएको सिमेन्ट, जगदम्बा सिमेन्टले आफ्ना ग्राहक तथा डिलरहरुको शिप तथा ब्यक्तित्व विकासका लागि जगदम्बा विशेष, जगदम्बा आरोहण, जगदम्बा जागरण जस्ता जानकारी मूलक कार्यक्रमहरु गर्दे आइरहेको छ।

जगदम्बा सिमेन्टले यस आर्थिक वर्ष २०७४/७५ मा “जगदम्बा शुभयात्रा” कार्यक्रम अन्तर्गत आफ्ना डिलर वर्गलाई मनोवैज्ञानिक रुपमै उत्प्रेरित गर्ने उद्धेश्यले विश्वका अति रमण्ीाय स्थलहरु भ्रमण गर्न पठाएको छ ।

जस अन्तर्गत १३ जना डिलर वर्गलाई बैङ्कक ५ दिने विदेश यात्रामा पठाएको थियो भने १७ जनालाई Europe को ११ दिने विदेश यात्रामा पठाएको छ।

यस्ता जानकारीमूलक भ्रमण तथा सामाजिक घुलमिलले ब्यवसायिक ज्ञानलाई थप हौसला प्रदान गर्नुकासाथै कंम्पनीको गरिमा बढ्ने विश्वास लिइएको छ।

आफ्ना ग्राहक तथा उपभोक्ताप्रति केन्द्रित रही रहने र आगामी दिनहरुमा पनि यहि हिसावमा विभिन्न कार्यक्रमहरु गर्दै जाने प्रतिवद्धता कंपनीले जनाएका छन्।

Share