सोनाम ल्होसार पर्व हर्षोल्लासकासाथ मनाउँदै

सोनाम ल्होसार पर्व हर्षोल्लासकासाथ मनाउँदै

काठमाडौ । तामाङ समुदायले आज सोनाम ल्होछार अर्थात नयाँ वर्ष नमनाउने भएका छन् । सोनाम ल्होथो अर्थात सोनाम कृषि चन्द ्रपात्रो अनुसार आज भन्दा ठिक १ महिनापछि फागुन ४ मा मात्रै ल्हो फेरिने भएकोले आज नमनाइने भएको तामाङ समुदायका संघ संस्थाले जनाएका छन्।

सरकारले भने आजै सोनाम ल्होछारको सार्वजनिक विदा दिएको छ । नेपाल तामाङ घेदुङ लगायत विभिन्न १ सय भन्दा बढि संघ संस्थाले यस अघि नै सरकारले दिएको सार्वजनिक विदा सार्न अनुरोध गरेतापनि त्यसको सुनुवाइ नहुनु दुखद भन्दै एक महिनापछि मात्रै मनाउने जनाएका छन्।

नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले सोनाम ल्होछारको विदा आज दिएपनि ल्होछार भने यो पटक सोनाम कृषि पात्रो अनुसार मलमासले गर्दा एक महिनापछि ग्याल्बो ल्होछारसंगै परेकोले त्यसै दिन मात्रै मान्ने बताए । तर ल्होछारको अवसरमा आजैदेखि विभिन्न सामुहिक कार्यक्रमहरु शुरु भएको गोलेले बताए।

नेपाल तामाङ राष्ट्रिय घेदुङले आज काठमाडौंको भृकुटी मण्डपमा ल्होछारको कार्यक्रम गर्दैछ । ह््योल्मो, घले लगायतका हिमाली भेगमा बसोबास गर्ने समुदायले भने आजै ल्होछार मनाउने जनाएका छन् ।

मञ्जुश्री पात्रो अनुसार यो वर्ष चरा वर्ष पूरा गरी कुकुर वर्षमा प्रवेश हुदैछ । एक वर्षमा एक ल्हो मानि १२ वर्षमा १२ वटा जनावरको नाममा चक्र पुरा हुने पम्परा छ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गर्ने परम्परा रहेको खेन्पो सोनाम ग्युर्मिले जानकारी दिए।

Share