राजधानीको विषयमा ठाउँ ठाउँमा आन्दोलन

राजधानीको विषयमा ठाउँ ठाउँमा आन्दोलन

काठमाडौ । प्रदेश राजधानीको विषयलाई लिएर फेरि आन्दोलन शुरु भएको छ । सरकारले प्रदेशको अस्थायी कार्यालय तोक्ने तयारी गरिहेका बेला दाङ, धनकुटा र डोटीमा आन्दोलन भईरहेको छ ।

धनकुटालाई प्रदेश नम्बर १ को राजधानी घोषणाको माग गर्दै धनकुटामा बुधवार पुनःअनिश्चितकालीन आमहड्ताल शुरु भएको छ।
आन्दोलनका क्रममा धनकुटामा प्रहरीसँग झडप हुँदा दुईजना प्रर्दशनकारी घाईते भएका छन् । धनकुटाको अवस्था तनावपूर्ण छ।

त्यस्तैगरी प्रदेश नम्बर ५ को राजधानी तोक्न माग गर्दै दाङमा अनिश्चितकालिन बन्द आब्हान गरिएको छ । बन्दकर्ताहरुले बजारको चोक– चोकमा विहानै देखि टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

डोटीमा पनि बन्द आब्हान गरिएको छ । एक हप्ता लामो आम हड्ताल बेहोेरेको डोटीमा फेरी बन्दको आब्हान गरिएको हो । प्रदेश नं. ७ को राजधानी दिपायल कायम गर्न माग गर्दै आजदेखि बन्द आह्वान गरिएको छ ।

Share