तिमीलाई चोट लाग्ला… मार्मिक भिडियो सार्वजनिक

तिमीलाई चोट लाग्ला… मार्मिक भिडियो सार्वजनिक

काठमाडौ । भर्खरै मात्र एउटा अति नै मार्मिक म्यूजिक भिडियोलाई नुतन म्यूजिक युट्यूव च्यानेल मार्फत सार्वजनिक गरिएको छ । त्यो हो गीतकार नुतन भुषालद्वारा रचित मन छुने शब्दमा ‘तिमीलाई चोट लाग्ला…’ म्युजिक भिडियो ।

‘तिमीलाई चोट लाग्ला…’ म्यूजिक भिडियोमा सुरिलोकण्ठ स्वरकी धनी जुना प्रसाईले अति मीठासपूर्ण रुपमा गायकी छिन् भने दिपक शर्माको संगीत अनि उदय राज पौडेलको एरेञ्ज रहेको छ।

नुतन खण्ड २ भित्र समेटिएको गीतकोे  भिडियोलाई भोला तिमल्सिना (दीप यात्री) ले निर्देशन गरेका हुन्। खासगरी यस भिडियोमा आफ्ना सन्तानका खातिर आमाद्वारा गरिने अपार मायासँगसँगै जस्तोसुकै त्याग र तपस्या पनि खप्न र खेप्न पछि नपर्ने भावलाई वडो उत्कृष्ट ढंगबाट दर्शाउँन खोजिएको छ ।

‘तिमीलाई चोट लाग्ला…’ भिडियोको सम्पूर्ण छायांकन कीर्तिपुर, काठमाडौँमा सकाइएको हो । भिडियोको पात्रमा कलाकार रीतिका पौडेल र बाल कलाकार रिदम सुबेदीको अविष्मरणीय अभिनय रहेको छ।

त्यस्तैगरी भिडियोमा दिक्षा पोख्रेल र निर्देशक तिमल्सिनाको उत्तिकै मर्मस्पर्षी अभिनय पस्केका छन्। दिपक शर्माको संगीत, उदय राज पौडेलको एरेञ्ज र सुरेश राउतको सम्पादन रहेको यस म्यूजिक भिडियो छायांकन विरेन्द्र भट्टले गरेका हुन्।

Share