मन्त्रिपरिषद् बैठक स्थगित, २ बजेदेखि दाङका सम्पूर्ण बजार बन्द

मन्त्रिपरिषद् बैठक स्थगित, २ बजेदेखि दाङका सम्पूर्ण बजार बन्द

काठमाडौ । प्रदेश कार्य सञ्चालन केन्द्र निर्धारणको विषयमा एमाले र माओवादीले चासो नदिएपछि सरकार दबावमा परेको छ।

प्रदेश प्रमुखको अस्थायी कार्यालय तोक्दा त्यसैलाई नै प्रदेशको राजधानी बुझ्ने र तनाव उत्पन्न हुनसक्ने भन्दै सरकारले दल तथा प्रदेश राजधानीको मुद्दा उठाईरहेका नेतासँग समेत सहमति लिने प्रयास गरेको छ ।

आजका लागि बोलाईएको मन्त्रिपरिषद् बैठक पनि सहमतिको प्रयासका लागि भन्दै स्थगित भएको छ । भोलि विहान नौ बजे मन्त्रिपरिषद बैठक बोलाइएको छ।

प्रदेश नम्बर ५ र प्रदेश ७ मा प्रदेश राजधानीका विषयमा बढी किचलो छ । कानून मन्त्री यज्ञबहादुर थापाले सहमतिमै सबै विषय टुंग्याउन आफूहरुको प्रयास रहेपनि एमाले र माओवादीले चासो नदेखाएको आरोप लगाए । तर प्रधानमन्त्रीले सहमतिको प्रयास गरिरहेको उहाँले बताए।

तर एमाले नेता सुवासचन्द्र नेम्वाङले भने यो विषयमा छलफलको आवश्यकता नरहेको बताए । सरकारले गर्ने काममा आफूहरुको सहमति रहेको पहिले नै जानकारी गराईसकेको पनि उनले बताए । सरकारले गर्ने काममा छलफलको आवश्यकता नभएपनि ढिला गर्न सरकारले सहमतिको कुरा गरेको नेम्वाङको टिप्पणी छ।

यसैबीच प्रदेश नम्बंर पाँचको राजधानीमा दाङमा बनाउन माग गर्दै प्रर्दशन भएको छ । घोराही, तुलसीपुर, लमही, भालुवाङ लगायतका क्षेत्रमा प्रर्दशन भएको छ। दिउँसो २ बजेदेखि दाङका सम्पूर्ण बजार बन्द छन् भने प्रर्दशनकारीले गाडी चल्न दिएका छैनन।

प्रदेश राजधानी वनाउन वर्तमान सरकारपछि हटेको संकेत पाएको भन्दै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीर वहादुर रावतले आन्दोलन बढ्ने चेतावनी दिए।

Share