राष्ट्रिय प्रजातन्त्र पार्टीकोे केन्द्रीय महाधिवेशन फागुनमा

राष्ट्रिय प्रजातन्त्र पार्टीकोे केन्द्रीय महाधिवेशन फागुनमा

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय परिषद्को बैठक आगामी फागुनको दोस्रो साता वीरगञ्जमा बस्ने भएको छ ।

बैठकमा मुलुकको राष्ट्रिय राजनीतिमा पार्टीको सशक्त वैचारिक दृष्टिकोणलाई स्थापित गर्ने नयाँ रणनीति तथा पार्टीको अस्तित्व र पहिचानलाई परिवर्तित अवस्थामा कायम गर्ने विषयमा छलफल हुनेछ ।

पार्टीले चुनावमा पराजय भोगेपछिको अवस्थामा अब हिन्दूराष्ट्र लगायतका मुद्दा तथा सिद्धान्तमा अटल रहने, राष्ट्रवादी, प्रजातन्त्रवादी शक्ति निर्माणका लागि उपायको खोजी गर्न बैठक उपयोगी हुने राप्रपाले जनाएको छ ।

करिब पाँचसय जनाको सहभागिता रहने उक्त बैठक पार्टीको केन्द्रीय महाधिवेशन पछिको ठूलो बैठकका रुपमा लिइएको छ ।

Share