मेडिकल फिल्डबाट मोडलिङमा फड्को

मेडिकल फिल्डबाट मोडलिङमा फड्को

काठमाडौँ । हरेकको सपनासँग जोडिएकोे सर्वाधिक रोजाई र खोजाई नै रंगीन मोडलिङ संसार बन्ने गरेका छन् । आकर्षणको केन्द्रविन्दु नै बन्ने गरेका छन्। यो संसारमा रमाउन नचाहने कल्पना पनि गर्न सकिन्न अहिले ।

पेशागत रुपले हेर्ने हो भने नर्सिङ डाइरेक्टर, अनि पढाई, लेखाई र सामाजिक कार्यमा समेत उत्तिकै अब्वल दर्जामा गनिन्छिन् मोडल सिर्जना महत।सानैदेखि महत्वाकांक्षी स्वभावकी नयाँ नयाँ खोज अनुसन्धान, रचनात्मक र प्रयोगात्मक कार्यमा अभिरुचि राख्ने गर्थिन्।

लगनशील र भद्र स्वभावकी धनी महत सानैदेखि मोडलिङ पेशामा आवद्ध हुन भित्री मनबाटै मरिहत्ते गर्ने र आफू कुनै एकदिन होनहार मोडल बनेरै छाड्ने कल्पना र सपनाको भविष्य साँचेकी थिइन्।

त्यही साँचेको सपनालाई साकार पार्न सिर्जनाका सिर्जनशील तरङ्गहरुले पिरोलिरहन्थ्यो । उनी सोच्दथिन् कि मोडल बन्न त शुरुमा असल र उच्च शिक्षा नै चाहिन्छ र आफू पनि सक्षम हुनु आवश्यक छ । यसैले आफ्नो ती सिर्जनशील सपनाहरु साकार पार्ने उद्देश्य लिई बिएन नर्सिङसम्मको अध्ययन पूरा गर्ने तर्फ लागीरहिन्।

अध्ययनसँगसँगै आफ्नो पेशासँग सम्बन्धित सेवामा आफ्ना सुनौलो जीवनका क्षणहरुलाई समर्पित गर्दै गइन् । हाल उनी नर्सिङ डाइरेक्टर जस्तो गरिमामय पदमा आशिन छिन्।

अहिले करिब ५० जनाभन्दा बढी नर्शहरु लगाएत २० जना स्टाफहरुलाई व्यवस्थित रुपले परिचालन गर्दै आइरहेकी छिन् । नर्सिङ पेशाका साथसाथ अहिले मोडलिङलाई समेत स्थापित हुने चाहना लिएर अगाडी बढीरहेकी छिन् । परिश्रमको फल मीठो हुन्छ भने झै नर्सिङ्ग डाइरेक्टर सिर्जना महत अहिले नाम र दाम दुवै अनि सबैको तर्फबाट वाह ! वाही !! कमाउने ध्याउन्नमा छिन् ।

हुन पनि मोडलमा हुनु पर्ने गुणहरुको कुनै कमी भने सिर्जनामा पाइन्न । सायद त्यही भएर पनि होला सिर्जनाले आत्मनिर्णयकासाथ मोडलिङ क्षेत्रमा हाम्फाल्न खोजेको हुनपर्छ । सिर्जनाको नशा नशामा मोडलिङको नशा छिरिसकेको पाइन्छ ।

अति व्यस्त सहर देशकै राजधानी काठमाडौँमा सबैको सपनाको शहर बन्ने गरेको जो सुकैलाई पनि थाहै छ जहाँ दैनिक हजारौ मानिसहरुको भिडमा आफ्ना सारा सपना साकार पार्न मेहनत र परिश्रमको होडवाजी नै चलारहेका छन् ।

त्यसैले विगतका समयदेखि आफ्नो पेशासंगै मोडलिङ संसारको भीडमा आफूलाई छुट्टै पहिचान उभ्याउने र स्थापित मोडलको रुपमा विकास गराउने योजनाका साथमा अगाडि बढ्न चाहेको वताउँदै कडा मेहनतकासाथ अहोरात्र लागी परेकी छिन् ।

मोडेल सिर्जना भन्छिन्, “हुन त अन्य मोडलहरुको जस्तो जिरो फिगर तथा मिलेको शरीर मेरो छैन तर विश्वका मोडलिङ इतिहासलाई हेर्ने हो भने प्लस साइज मोडल भएर पनि संसारमा चर्चित भएका र राम्रो काम गरेको उदाहरण प्रसस्तै भेटिन्छन् ।”

तसर्थ आफ्नो मोटोपनले गर्दा घरभित्र मात्र बस्ने युवा युवती तथा महिलाहरुको लागि आफू रोल मोडल बनेर केहि दायित्वपूर्ण कार्य गरेर देखाउने दृढइच्छा बोकेर यस क्षेत्रमा पाइला टेकेकी हुँ। मोडलिङ मोहको कारणले गर्दा अहिले आफू प्लस साइज मोडलमा समेत सहभागी बन्ने गरेको बताउँछिन्।

भविष्यमा मोडलिङ क्षेत्रभित्रका कुरिति र कुसंगतीलाई भनौ या नकारात्मक सोचलाई सकारात्मक रुपमा आमूल परिवर्तन गराएरै छाड्ने अठौट लिएर आफू यस क्षेत्रमा होम्मिएको दाबी समेत गर्छिन् मोडल सिर्जना महत ।

Share