प्लस टु सकाएका पुन कसरी हेयर कटिङ व्यवसायी बन्न पुगे?

प्लस टु सकाएका पुन कसरी हेयर कटिङ व्यवसायी बन्न पुगे?

मनिषा राई/रोल्पा । नेपालमा पढेर योग्यता प्राप्त गरेकाले मात्रै जागिर नै खानु पर्दछ भन्ने धारणा भएका आम मानिसको दिमागमा नराम्रोसँग झापड् हानेको छ।

यसै सन्दर्भमा स्थायी घर रोल्पा नगरपालिका–७ कोर्चाबाङ तल्लो घापा निवासी आश कुमार पुनमगरले भने प्लस टु पास गरेर पनि सफल हेयर कटिङ व्यवसायी अपनाएको छ।

पुनमगरले मानव अधिकार सचेतन् केन्द्र (हुरेक) रोल्पाको एकीकृत परियोजनाबाट दुई महिना हेयर कटिङ तालिम लिएर २०७३ साल माघ ३ गते बाट रोल्पा नगरपालिका २ सात्तालेमा आशिका वार्बर हेयर कटिङ सञ्चालन शुरु गरेको हो ।

शुरु–शुरुमा त नयाँ व्यवसायी भएकाले पनि ग्राहक नआउँदा गाह्रो त पक्कै भएको तर व्यवसाय पुरानो हुँदै गर्दा ग्राहक बढ्दै जाँदा आम्दानी पनि राम्रो भएको पुनमगरको भनाई छ।

पुनमगरले एक जनाको कपाल काटे बापत ५० रुपैया लिदै आएको छ । दैनिक रु ५ सयदेखि १ हजार ५ सयसम्म कूल आम्दानी गर्ने गर्छन्। पुनले मासिक रुपमा ३० हजारभन्दा बढी आम्दानी लिने गरेका छन् हेयर कटिङ्गबाट । सोही व्यवसायीबाट आफू अनि आफ्ना भाइ बहिनीलाई उच्च शिक्षा अध्ययनमा आर्थिक सहयोग पुगेको व्यवस्थापक पुनमगरले बताए ।

अङ्गे्रजी विषयमा प्लस टु पास गरेर हेयर कटिङ व्यवसाय अंगाल्न पुगेको र यसै पेशाबाट आफू सन्तुष्ट र गौरवान्वित नै भएको महशुस गर्छन् हेयर कटिङ्ग सञ्चालक पुनमगर।

शिक्षा हासिल गरेर जागिर नै गर्नुपर्छ भन्ने कुरामा पुनको सहमत छैन । शिक्षा वौद्धिक क्षमताको विकाससँगै व्यवहारिक पक्षमा सुँधार गर्ने आधार हो र शिक्षा हासिलबाट व्यवसायी सञ्चालन गर्दा व्यवस्थापकीयमा पनि सहजता आउने पुनको तर्क छ ।

न्यून लगानीमा आफ्नै ठाउँमा व्यवसायी सञ्चालन गरेका युवाहरुलाई व्यवसाय प्रर्वद्वनको निम्ति न्यून व्याजदरमा ऋण उपलब्ध गराउन सरकारी निकायको ध्यान पु¥याउनु पर्ने पुनको धारणा छ ।

नेपालमा केहि काम गर्न लाज मानेर बिदेशिने प्लानमा भएका युवाहरुलाई काम ठूलो सानो नहुने भएकाले आफनै देशमा आफनै मातृभुमिमा पसिना बगाउन समेत उनले सुझाव दिए।

व्यवसायसंगै रोकिएको पढाई पूरा गर्न पुनले अहिले प्लस टु पास गरी स्नातक तहको अध्ययनलाई निरन्तरता दिएको छ । योग्यता अनुसार मेहनत गर्दै जाँदा कुनै समयमा राम्रो अवसर प्राप्त पनि गर्न सकिन्छ भन्ने उनको दाबी छ ।

आफना साथीहरुले प्लस टु पास गरेर पनि हेयर कटिङ व्यवसय सञ्चालन गर्ने भनेर प्रश्न गरेको बताउदै पुनमगरले विदेश गएर अर्काको देशमा अरुको अडानमा रहेर पसिना खेर फाल्नुभन्दा आफनै व्यवसायबाट सन्टुष्ट मिलेको जवाफ दिदै
यही व्यवसायबाट नै जीवन निर्वाह गर्ने मूल आधार भएको पुनको ठम्याई छ ।

पुनमगरको भनाई अनुसार जीवनको दीर्घकालीन अर्थाेपाजनको आधार भनेको व्यवसायी नै हो । ‘‘वर्तमान समयमा पढेर व्यवसायी भन्दा पनि जागिर नै गर्नु पर्दछ भन्ने धेरैको धारणा छ । तर जागिर गर्नको निम्ति मेहनतसँग अध्ययन गरे पनि राजनीतिक, कर्मचारीमा पहुँच भएकाले मात्र जागिरको अवसर पाउँछन् । ’’ पुनले भने ।

पुनले प्लस टु पास गरेर सरकारी तथा गैर सरकारी संघ संस्थामा जागिर गर्नुतिर समय खर्चनुभन्दा पनि आफनो व्यवसायलाई थप प्रभावकारी बनाउनेमा तल्लीन छन् पुनमगर।

शुरु शुरुमा प्लस टु पास गरेका पुनमगर जागिरको खोजीमा अनगिन्ति ठाउँहरुमा भौतारिँदा कैयौ समय खेर फालेको व्यथा कथा पनि सुनाए। तर उनलाई कतैबाट केहि शीप नलागेपछि निःशुल्क हेयर कटिङ तालिम लिएर अन्तिममा हेयर कटिङ व्यवसायी बन्ने इच्छा जाग्यो।

‘‘पढेर योग्यता प्राप्त गरी सकेपछि जागिरभन्दा पनि आफ्नो ठाउँमा व्यवसायीको पहिचानबाट सोही अनुरुपको व्यवसायी सञ्चालन गरे नेपालमा वेरोजगारीको सङ्ख्या आफै न्यून हुनेछ’’ पुनले भने, ‘‘नेपालमा वेरोजगारी भएर दैनिक रोजगारीको निम्ति विदेशिनेको सङ्ख्या समेत न्यून हुन्छ। ’’

यसरी सफल युवा व्यवसायी आश कुमार पुनमगरले आफ्नै पहलमा र सक्रियतामा आफ्नो जीवनमा जीउने जीवनशैलीमा नै चमत्कारिक परिवर्तन ल्याएर समाज र समाजका शिक्षित युवाहरुमाझ एउटा उदाहरणीय कार्य गरेर सफल व्यवसायी बन्न सफल भएको छ।

Share