किड्डी फेस अफ द एयर अवार्डबाट कनिस्क र श्रीया शुशोभित्

किड्डी फेस अफ द एयर अवार्डबाट कनिस्क र श्रीया शुशोभित्

काठमाडौ । यस वर्षको किड्डी फेस अफ द एयर को महत्वपूर्ण अवार्ड कनिस्क र श्रीयाले हात पार्न सफल भएका छन्।

बालबालिकाहरूमा भएका अन्तनिर्हित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले सञ्चालित किड्डी फेस अफ द एयर को तेश्रो संस्करणमा कनिस्क राज बज्राचार्य र श्रीया कुँवर ले अवार्डको उपाधी हात पारेको हो ।

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा भएको प्रतियोगितामा श्रीजन ओझा र आँचल ढकालले फस्ट रनरअपको उपाधी जितेका छन् भने प्रतिक पराजुली र मेरिसा बरालले सेकेन्ड रनरअपको अवार्ड हासिल गर्न सफल भएका छन् ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्वारा आयोजित सो प्रतियोगिताको कोरियोग्राफी रेडियन्ट इभेन्ट म्यानेजमेन्टका फाउण्डर डिरेक्टर राज फैजूले गरेका हुन्।

मिसेज यूनिभर्स इन्डिया नर्थ एसिया, इलाईट मिसेस इन्डिया २०१६ का विजेता साक्क्षी शर्मा प्रमुख अतिथि रहेका प्रतियोगिता हलमा
उपाधीसंगै छ जनालाई आयोजक संस्थाकी कार्यकारी निर्देशक श्रीषा बैदार फैजूले विभिन्न उपहारहरू प्रदान गरेकी थिइन् ।

किड्डी फेस अफ द एयर प्रतियोगितामा श्रीया कुँवरले एटिक्ङ्ग, आयुस्मा के.सीले एञ्करिङ्ग, आईसा सुनुवारले वेष्ट ड्रेस, अमृता भुजेलले डान्सिङ्ग, प्रार्थना थापाले व्यूटिफूल कम्पेल्कसन, इक्षा लिम्बुले व्यूटिफूल हेयर, रिहाना थापाले बेस्ट इस्माइल, प्रारम्भ अधिकारीले इनरजेटिक, आर्या अमात्यले डिसिपेल्न, सुजन बर्ताैलाले पर्सनालिटी, सोफी भण्डारीले फ्रेन्डसिप, मेरीसा बरालले बेस्ट वाक, कनिस्क राज बज्राचार्यले फोटोजेनीक अवार्ड प्राप्त गर्न सफल भएका छन् ।

त्यस्तैगरी आँचल ढकालले ट्यालेन्ट, प्रञ्जल भण्डारीले पङ्गच्यूयालिटी, आईसा सुनुवारले क्यूट, अनुस्का श्रेष्ठले सिन्सीयर, अदिति अर्यालले पपुलर, सदिक्षा श्रेष्ठले चार्मिङ्ग, प्रतिक पराजुलीे वेष्ट नेपाली हाण्डराइटिङ्ग, एन्जल खड्काले वेष्ट अंग्रजी हाण्डराइटिङ्ग, आस्था श्रेष्ठले स्टाइलिस, प्रनिसा फयाक लिम्बुले मोस्ट कन्फिडेन्ट अवार्ड हात पारेका छन् भने क्रिस अग्रवालले मोस्ट इन्टरटेनर, प्रज्ञा मिश्रले इनोसेन्ट, आर्यन अग्रवालले मोस्ट एक्टिभ र श्रीजन ओझाले स्मार्ट अर्वाड जितेका छन् ।

किड्डी फेस अफ द एयर प्रतियोगिताको निर्णायक मण्डलमा अञ्जना श्रीवास्तव (मिसेज इन्डिया इन्टरनेशनल भिभासियस क्विन २०१७) सरिता ज्ञवाली (मिडिया पर्सन) पुनम भट्ट (कर अधिकृत) र लजना श्रेष्ठ (ललितपुर चेम्बर अफ कर्मशका बोर्ड अफ डाइरेक्टर) रहेका थिए ।

सोही प्रतियोगिताकै अवसरमा मिसेस इन्डिया इन्टरनेश्नल भिभासियस क्विन २०१७ का विजेतालाई रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी प्रा. लि.का तर्फबाट इन्डियाका लागि नेशनल डाईरेक्टर नियुक्ति गरिएको थियो ।

Share