४ दिनका लागि २४ सै घण्टा खुला

४ दिनका लागि २४ सै घण्टा खुला

काठमाडौ । माघी पर्व र माघे संक्रान्ति मेलालाई ध्यानमा राख्दै मुग्लिन नारायाणगढ सडकखण्ड आजदेखि ४ दिनका लागि २४ सै घण्टा खुला गरिएको छ।

थारुजातीको माघी पर्व शुरु भएको र माघे संक्रान्तिमा चितवनको देवघाटमा लाग्ने मेला भर्न देशैभरिबाट झक्तजन आउने भएकाले चार दिनलाई सडक खुला गरिएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।

रातिको समयमा ६ घण्टा गाडी रोकेर सडक चौडा पार्ने काम चलिरहेकोमा सडक–खण्ड चार दिन खुला रहने भएको हो।

यस अघि यही पुस १८ गतेदेखि राति १० बजेदेखि बिहान ४ बजेसम्म यातायात आवागमन बन्द गरेर भित्तो काट्ने काम भइरहेको थियो ।

Share