देशैभर फोर जि मोबाइल सेवा विस्तार गर्दै

देशैभर फोर जि मोबाइल सेवा विस्तार गर्दै

काठमाडौ । नेपाल टेलिकमले यसै आर्थिक वर्षमा देशैभर चौथो पुस्ताको मोबाइल सेवा पmोर जि विस्तार गर्ने भएको छ।

गत वर्ष नेपालमा पहिलो पटक फोर जि विस्तारको अनुमति पाएको नेपाल टेलिकमले त्यो समयमा काठमाडौं र पोखरामा विस्तार गरेको थियो।

कुराकानीमा नेपाल टेलिकमकी कार्यकारी निर्देशक कामिनी राजभण्डारीले कहाँ कुन क्षेत्रमा नभनीकन देशै भर फोर जि विस्तार गर्ने प्रक्रियामा रहेको बताएकी हुन्।

कार्यकारी निर्देशक राजभण्डारीले पछिल्लो समय टेलिकमको डाटा चलाउने निकै बढेको बताउदै त्यसलाई थप गुणस्तरीय बनाउने प्रयासमा टेलिकम रहेको पनि बताइन्।

Share