सात वटै प्रदेशमा कार्यालय स्थापना

सात वटै प्रदेशमा कार्यालय स्थापना

काठमाडौ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि सात वटै प्रदेशमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ।

आयोगले प्रदेशको उच्च अदालत रहेका जिल्लामा निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना गरेको प्रवक्ता नवराज ढकालले जानकारी दि।

प्रवक्ता ढकालका अनुसार प्रदेश नम्बर १ को मोरङमा, प्रदेश नम्बर ३ को धनुषामा, प्रदेश—३ को ललितपुरमा, प्रदेश ४ को कास्की, प्रदेश ५ को दाङ, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को डोटी सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतले राष्ट्रिय सभाका मतदाताका रुपमा रहेका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगर प्रमुख उपप्रमुख तथा प्रदेशसभा सांसदलाई निर्वाचन प्रक्रिया बारे जानकारी गराउनेछन्।

आयोगले मुख्य निर्वाचन अधिकृत यसअघि नै तोकिसकेको छ । यही माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि २१ दलले आयोगमा दल दर्ता गराएका छन्।

Share