परिवर्तन का आशा को कार्यशाला गोष्ठी सम्पन्न

परिवर्तन का आशा को कार्यशाला गोष्ठी सम्पन्न

ललितपुर । “दिगो विकासका लक्ष्यहरुका लागि युवा सशक्तिकरण” नाराकासाथ परिवर्तनका आशाले एक कार्यशाला गोष्ठी सम्पन्न गरेको छ।

दिगो विकासका लक्ष्यहरुलाई बुझ्न, पहिचान गराउन र कार्य उपलब्धिको उद्येश्यले “परिवर्तनका आशा” ले Asian Institute of Technology & Management (AITM), सातदोबाटोमा कार्यशाला संचालन गरेको हो ।

परिवर्तनका आशा, 2014 A.D. देखि युवा सशक्तिकरण र बालबालिका शिक्षा लागि कार्यरत युवाद्वारा संचालित संगठन हो । यस संगठनले युवाहरु “परिवर्तक” हुन् भन्ने आशामा देशभर युवा सशक्त्तिकरणमा कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

यो कार्यशालालाई ३ चरणमा बिभाजन गरि सम्पन्न भएको थियो । पहिलो सत्रमा फिलिपिन्सको Asian Education Network का कार्यकारी निर्देशक, Asia and the Pacific for Youth for Global Goals को दुत अबद एन्क्रिुएजद्वारा सम्पन्न भएको थियो ।

कार्यशालामा बोल्दै एन्क्रिुएज दिगो विकासका लक्ष्यहरुको महत्व र त्यसको उपलब्धिका लागि युवाहरूको योगदानको बारेमा प्रकाश पारेका थिए।

आयोजित कार्यशाला दिगो विकासका लक्ष्यहरुका लागि युवाहरूको महत्वलाई ध्यानमा राखी संचालन गरिएको हो । दोश्रो सत्रमा परिवर्तनका आशाका अध्यक्ष तथा International youth federation को नेपाल प्रतिनिधि अजय पाण्डेयले “लिड योर्सेल्फ” भन्ने विषयमा जानकारी दिएको थियो।

त्यसै अवसरमा पाण्डेयले लक्ष्य हासिल गर्न नेतृत्वको महत्वलाई ध्यानाकर्षण गर्न प्रेरित समेत गरेका थिए । उनले युवा शक्तिले कुनैपनि क्षेत्रमा परिवर्तन सम्भव छ र युवाले आफूभित्रको परिवर्तनलाई पहिचान गर्नु पर्ने कुरालाई मुख्य रुपमा प्रस्तुत गरेका थिए ।

कार्यशालाको तेस्रो सत्रमा बंगलादेशबाट आएका “लाइफ एंड ह्याप्पिनेस फाउण्डेशन” को सह-संस्थापक चौधरी केसर मोहम्मद रियाधले “जीवनमा सफल र आनन्दित हुन” कसरी आफैले डिप्रेसन जस्ता मुद्दाहरूबाट बच्ने भन्ने विषयलाई प्रष्ट पार्दै जुन युवाहरूमाझ प्रमुख समस्याहरु मध्ये एक रहेको दाबी गरे।

त्यस्तैगरी परिवर्तनका आशाका उपाध्यक्ष अभिबिन्द खनियाले यस्तो कार्यशालाहरूले विद्यार्थीहरूलाई अन्तरराष्ट्रिय र राष्ट्रिय समस्याको विषयमा बुझ्न र मद्दत मिल्नका साथै सामना गर्ने क्षमताको विकास गर्ने ठोकुवा गर्दै कार्यशाला सम्पन्न भएको घोषणा गरिएको थियो ।

Share