पाटन सौगलमा बृहद् मूर्तिकला प्रदर्शनी

पाटन सौगलमा बृहद् मूर्तिकला प्रदर्शनी

ललितपुर । ललितपुरको पाटन सौगलस्थित अहिलेसम्मकै ठूलो फाइवर मूर्तिकला प्रदर्शनी भइरहेको छ । योङ्ग पिकासोको आयोजनामा भएको उक्त प्रदर्शनी पौष २८ र २९ गते २ दिनसम्म चल्ने आयोजक तथा योङ्ग पिकासोका प्रवन्ध निर्देशक अजय देसारले वताए ।

 

प्रदर्शनीमा कलाकार श्याम कृष्ण श्रेष्ठको सात वर्षसम्म अथक परिश्रमबाट निर्मित १७ वटा मूर्तिहरुलाई प्रदर्शनीमा राखिएको हो ।  फाइवर ग्लासबाट बनाइएको सुन्दर मूर्तिहरुको मूल्य भने ३० हजार देखि ९० लाखसम्मको रहेको छ ।

प्रदर्शनी अवलोकनको लागि स्थानीयवासी लगाएत देशी विदेशीहरु शुक्रवारदेखि नै घुइँचो लागेको छ भने आज शनिवारका दिन पनि विहान ७ वजेदेखि नै अवलोकनकर्ताहरुको भिड लागेको आयोजक अजय देसारले वताए ।

आजै समापन गरिने यति ठूलो फाइवर मूर्तिकला प्रदर्शनीको आयोजना गरिएको ललितपुरकै पहिलो अथवा प्रथम पटक हो ।

Share