दल दर्ताको लागि दिएको समय आज सकिदै

दल दर्ताको लागि दिएको समय आज सकिदै

काठमाडौ । राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले दिएको १५ दिनको समय आज सकिँदैछ । अहिलेसम्म १० वटा राजनीतिक दल मात्रै दर्ता भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

प्रमुख तीन दलमध्ये नेपाली काँग्रेसले दल दर्ता गराइसके पनि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अहिलेसम्म दल दर्ता गराएका छैनन्। प्रवक्ता ढकालका अनुसार आज कार्यालय समयभित्र नाम दर्ता गराउने दलले मात्रै राष्ट्रिय सभा चुनावमा भाग लिन पाउनेछन् ।

आयोगले पुस १४ गते सूचना निकाल्दै २०७४ असार मसान्तसम्म आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुलाई राष्ट्रिय सभा चुनावका लागि आजसम्म दल दर्ताको आव्हान गरेको थियो ।

Share