झण्डै तीन महिनापछि मन्त्रीहरु सरकार छोड्दै

झण्डै तीन महिनापछि मन्त्रीहरु सरकार छोड्दै

काठमाडौ । नेकपा माओवादी केन्द्रले आज सरकार छोड्ने भएको छ । पछिल्लो समय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले सत्ता लम्ब्याउन अनेक प्रयत्न गरेको र गैरकानूनी रुपमा नियुक्ती, सरुवा, बढुवा लगायतका काम गरेको भन्दै नेकपा माओवादीले आज आफ्नो तर्फबाट सरकारमा सामेल मन्त्रीलाई फिर्ता गराउने भएको छ।

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेलुकीसम्म प्रधानमन्त्रीलाई आफ्ना मन्त्री फिर्ता भएको जानकारी गराउनेछ ।
विना विभागीय मन्त्री गिरिराजमणी पोख्रेलले बेलुकीसम्म आफूहरु फिर्ता भएको पत्र बुझाईने जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेवारी खोसेर विना विभागीय बनाएको झण्डै तीन महिनापछि माओवादी मन्त्रीहरु फिर्ता हुन लागेका हुन्।

नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न सरकारबाट बाहिरिएको विना विभागगीय मन्त्री महेन्द्रबहादुर शाहीले बताए ।

Share