डिशहोम च्यानलहरुप्रति रुचि र लोकप्रियता बढ्दो

डिशहोम च्यानलहरुप्रति रुचि र लोकप्रियता बढ्दो

काठमाडौ । डिशहोमले आफ्ना ग्राहकहरुको निम्ति थप मनोरञ्जनात्मक सामाग्रीहरु प्रशारण गर्ने क्रममा आफ्नै नयाँ च्यानलहरुको प्रशारण शुरु गरेको छ।

२०७४ असोज ४ गते दरबारमार्ग स्थित होटल अन्नपूर्णमा आयोजित रमाइलो नाइट नाम दिइएको च्यानल शुभारम्भ समारोहमा सम्मानीय सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यमा डिशहोमले “रमाइलो टिभि”“एक्सन स्पोर्टस्” च्यानलको प्रशारण शुरु गरेको हो।

डिशहोमको च्यानल नं १०४ मा प्रशारण हुने रमाइलो टिभिमा नयाँ नेपाली हाँस्य श्रृंखला, नेपालीमा अनुवाद गरिएका चर्चित हिन्दी श्रृंखला, धार्मिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरु प्रशारण भइरहेका छन् ।

यसैगरी डिशहोमको च्यानल नं १०५ मा प्रशारण हुने नेपालकै पहिलो स्पोर्ट्स च्यानल एक्सन स्पोर्ट्समा नेपालभर हुने फुटबल, क्रिकेट लगायतका विभिन्न खेलहरुको प्रत्यक्ष प्रशारण, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद सम्बन्धि कार्यक्रमहरु प्रशारण भइरहेका छन् ।

यसरी पूर्णरुपमा खेलकुदप्रति समर्पित च्यानल मार्फत देशको कुनै पनि कुनाकाप्चामा संचालन हुने खेल प्रतियोगिताहरु देशैभर छरिएर रहेका खेलप्रेमीहरुले प्रत्यक्ष रुपमा हेर्न पाउने हुँदा यसबाट समग्र नेपाली खेलकुदकै विकासमा महत्वपूर्ण योगदान पुगेको खेलकर्मी र खेलप्रेमीहरु बताउँछन्।

एक्सन स्पोर्टसमा अब रिंग रेस्लिङ्ग समेत प्रशारण हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कबर्ड हलमा २०७४ साल कार्तिक २५ गते र इटहरीको ठूलो जनता मा.वि.मा कात्र्तिक २७ गते भएको ‘दोश्रो अन्तर्राष्ट्रिय रिंग रेस्लिङ्ग प्रतियोगिता २०१७’ मा ८ देशका व्यावसायिक रेस्लिङ्ग खेलाडीको सहभागिता थियो।

यो प्रतियागितालाई एक्सन स्पोर्टस मार्फत प्रत्यक्ष्य प्रशारण भएको थियो । अमेरिकाका प्रोरेस्लिङ्गगेमर, सिंगापुरका दी युरासियन ड्रागन, अष्टे«लियाका वामबामबेलोज, मलेसियाका द बुचरम्यान, भारतका दिलदार सिंह, निल र माक्सम्यानले सहभागिता रहेको थियो।

रोमाञ्चक प्रतिस्पर्धाका झलकहरु सहित हरेक हप्ता शुक्रबार र शनिबार नियमित डिशहोमको एक्सन स्पोर्ट्स च्यानल नं. १०५ मा बेलुकी ८ बजेबाट रिंग रेस्लिङ्ग प्रशारण हुने भएको छ। यसका साथै हाल धनगढीमा भइरहेको खप्तड गोल्डकपको हरेक खेलको प्रत्यक्ष प्रशारण पनि भइरहेको छ।

Share