७ वटै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त

७ वटै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त

काठमाडौ । निर्वाचन आयोगले राष्ट्रियसभा चुनावका लागि ७ वटै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले जिल्ला न्यायाधीशहरुलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।

प्रदेश नम्बर १ मा राजकुमार खतिवडा, दुईमा राधाकृष्ण उप्रेती, ३ मा बालमुकुन्द दवाडी, ४ मा दीपेन्द्र अधिकारी, ५ मा हेमन्त रावल, ६ मेदिनी प्रसाद पौडेल र ७ मा जयानन्द पनेरुलाई नियुक्त गरिएको छ ।

निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित प्रदेशको उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा पुस २९ गते स्थापना गर्ने आयोगले जनाएको छ।

प्रदेश नम्बर १ को जिल्ला निर्वाचन कार्यालय मोरङ, २ को धनुषा, ३ को ललितपुर, ४ को कास्की, ५ को दाङ, ६ को सुर्खेत र ७ को डोटीमा रहनेछ।

Share