बेत्रावती र तारुकामा गोरु जुधाई मेला

बेत्रावती र तारुकामा गोरु जुधाई मेला

काठमाडौ । माघे संक्रान्तिको अवसरमा यो वर्षपनि रसुवा र नुवाकोटमा गोरु जुधाई मेला हुने भएको छ । हरेक वर्ष माघ १ गते सञ्चालन हुँदै आएको गोरु जुधाई मेलामा यो वर्ष रसुवाको बेत्रावती र नुवाकोटको तारुकामा गरी २७ हल गोरु जुधाउन लागिएको हो ।

रसुवा र नुवाकोटको सीमा बेत्रावतीमा ९ हल र नुवाकोटको तारुकामा १८ हल गोरु जुधाउन लागिएको छ । नेपाल र तिब्बतबीच १८४९ असोज १७ गते वेत्रावती सन्धि भएको खुशियालीमा मनाइने गोरु जुधाई मेलाले ग्रामीण पर्यटन प्रर्बद्घन गर्न सहयोग पुग्ने गरेको छ ।

माघे संक्रान्ति पर्वको अवसरमा हुने गोरु जुधाईलाई “बुल फाइट” को रुपमा समेत लिने गरिएको छ ।

Share