वडा अध्यक्षको पहलमा सदरमुकाम धाउनु पर्ने दुःख टर्यो

वडा अध्यक्षको पहलमा सदरमुकाम धाउनु पर्ने दुःख टर्यो

मनिषा राई/रोल्पा । पूर्वी रोल्पाको सुवर्णावती गाउँपालिकाको सुलीचौर बजारबाट अव सरकारी कामकाज र उपभोक्ता समितिबाट हुने सम्पूर्ण बैंकिङ्ग कारोबार सुचारु हुने भएको छ।

पुर्वी रोल्पाका जनताहरुलाई सरकारी कामकाज र उपभोक्ता समितिबाट हुने बैंकिङ्ग कारोबारको लागि सदरमुकाम लिवाङमा रहेको नेपाल बैंक लिमिटेडमा खाता खोल्नु पर्ने बाध्यात्मक कार्यको अन्त्य गर्ने हेतुले वडा अध्यक्ष गन्ज क्षेत्रीको पहलमा उक्त सेवा सुचारु हुन लागेको हो।

पूर्वी रोल्पाका साबिकका करिब २३ गा.बि.स. का जनताहरुले पाएको दुःख कस्ट र सुबिधालाई मध्ये नजर गरि अगाडि बढाइएको उक्त पहलस्वरुप अबदेखि सुवर्णावती गाउँपालिका वडा न.४ सुलिचौरमा रहेको ग्लोबल आईएमई बैंकको शाखामा सम्पूर्ण उपभोक्ता समितिले खाता खोली कारोबार गर्न सक्ने प्रबन्ध मिलाइएको छ।

जसले गर्दा अब उपभोक्ता समितिको खाता खोल्न लिवाङ जानु पर्ने छैन । सुवर्णावती गाउँपालिका वडा न. ४ का वडा अध्यक्ष गन्ज क्षेत्रीको पहलमा केही महिना अगाडि उक्त बैंकले एटिएम सर्भिस समेत शुरु गरेको वडा अध्यक्ष गन्ज क्षेत्रीले जानकारी दिए ।

Share