श्रीनगरमा ५ दिने व्यापार तथा साँस्कृतिक महोत्सव

श्रीनगरमा ५ दिने व्यापार तथा साँस्कृतिक महोत्सव

काठमाडौ । सल्यानमा छैठौ कृषि, पशु, वन, पर्यटन, उद्योग, व्यापार तथा साँस्कृतिक महोत्सव शुरु भएको छ । शारदा नगरपालिका वडा नम्बर—१ श्रीनगरमा आजदेखि शुरु भएको महोत्सव ५ दिनसम्म चल्नेछ ।

महोत्सवमा जिल्लाका कृषक उद्यमीहरुले उत्पादन गरेका खाद्यान्न बाली तथा बिभिन्न बालीका बिउ बिजन, तरकारी, फलफुल, दलहन नगदे बालीका स्टलहरु राखेका छन्।

त्यस्तैगरी महोत्सवमा कृषि जन्यबस्तु, पशुजन्य, बनजन्य, घरेलु तथा साना उद्योगबाट उत्पादन गरिएका र हस्तकालबाट उत्पादन गरिएका सामाग्रीहरुको निशुल्क रुपमा अवलोकन गर्न ५२ वटा स्टल राखिएको छ ।

Share