फरक सोंचका अभियानता बिष्टलाई सम्झँदै शालिकमा माल्यार्पण

फरक सोंचका अभियानता बिष्टलाई सम्झँदै शालिकमा माल्यार्पण

काठमाडौ । नेपालमा आज थाहा आन्दोलनका प्रणेता रुपचन्द्र बिष्टको ८४ औं जन्मजयन्ती मनाउँदैछ । बि.सं. १९९० साल पुस २६ गते जन्मिएका बिष्टको स्मृतिमा जन्मथलो मकवानपुरको दामनमा रहेको उनको शालिकमा माल्यार्पण गर्नुका साथै विभिन्न कार्यक्रम गरिएको छ।

फरक सोंच अभियानले समाजका विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गर्नुका साथै विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।  रुपचन्द्र स्यमंले जन्मजयन्ती र जन्मदिवस जस्ता कुरामा चासो नदिएपनि विष्टलाई सम्मान गर्नेहरुले हरेक वर्ष कार्यक्रम गर्ने गरेका छन । ‘जन्मले नभई कामले मान्छे ठूलो -सानो हुने ‘ रुपचन्द्रको विश्वास थियो ।

पञ्चायतकालमा जनपक्षीय मुद्दा उठाएर लोकप्रिय बनेका रुपचन्द्र शासन र शोषण रहित समाजको पक्षपाती थिए । चुनाव जितेरै पटक–पटक राष्ट्रिय पञ्चायतको सदस्य बनेका रुपचन्द्रले तत्कालीन शासन व्यवस्थाको चर्को विरोध गर्दै जनपक्षीय राजनीति गरेको थियो ।

गरिवको राजनीति धनीले, श्रमिकको राजनीति पूँजीपतीले र महिलाको राजनीति पुरुषले गरि दिएर नहुने उनको विश्वास थियो । रुदाने, जसरु, स्वरुपे लगायतका उपनामले परिचित बिष्टको २०५६ साल असार ७ गते निधन भएको थियो ।

Share