अहिलेसम्म १० वटा राजनीतिक दलले मात्र दल दर्ता

अहिलेसम्म १० वटा राजनीतिक दलले मात्र दल दर्ता

काठमाडौ । राष्ट्रियसभाको निर्वाचनका लागि अहिलेसम्म १० वटा राजनीतिक दलले दल दर्ता गरेका छन् । माघ २४ गते हुन लागेको निर्वाचनका लागि अहिलेसम्म १० वटा राजनीतिक दलले मात्र दल दर्ता गरेको निर्वाचन आयोगले जनाएके छ ।

ठूला पार्टी नेकपा एमाले र माओवादी केन्द्र सहित मधेशवादी दलले पनि अझै दल दर्ता गराएका छैनन् ।

अहिलेसम्म नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा, नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदूर किसान पार्टी, बहुजन शक्ति पार्टी, नेपाल परिवार दल, नेपाल नौलो जनवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातन्त्रवादी) र विवेकशील साझा पार्टीले दल दर्ता गरेका छन् ।

आयोगले यही पुस १४ देखि २८ गतेसम्म राष्ट्रियसभाको निर्वाचनका लागि राजनीतिक दललाई दल दर्ताको समय दिएको छ ।

Share