प्रदेशको राजधानी प्रदेशसभाले नै तोक्ने

प्रदेशको राजधानी प्रदेशसभाले नै तोक्ने

काठमाडौ । सरकारले प्रदेश राजधानी प्रदेशसभाले नै तोक्ने प्रष्ट पारेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले विज्ञप्ति निकाल्दै संविधान अनुसार प्रदेशसभाले नै राजधानी तोक्ने प्रष्ट पारेको हो ।

नेकपा एमाले सहितका दलले सरकार संवैधानिक जिम्बेवारीबाट च्युत भएर राजधानी नतोकेको आरोप लगाईरहेका बेला सरकारको यस्तो धारणा सार्वजनिक भएको हो।

प्रदेशसभा सदस्यहरुलाई सपथ गराउन र तत्कालका लागि कार्य सञ्चालन गर्नका लागि अस्थाई केन्द्र मात्रै तोक्ने गरि तयारी भएको विज्ञप्तिमा उल्लेख छ।

Share