१४ औं पटक अनसन शुरु गरेका डा. केसीलाई सर्वोच्चमा पेश

१४ औं पटक अनसन शुरु गरेका डा. केसीलाई सर्वोच्चमा पेश

काठमाडौ । हिजो बेलुकी अनशनस्थलबाटै पक्राउ परेका डा. गोविन्द केसीलाई आज सर्वोच्च अदालतमा पेश गरिँदैछ । त्रिवि शिक्षण अस्पतालबाट बेलुकी ८ बजे पक्राउ परेका केसीलाई आज अदालतमा पेश गरिने भएको हो ।

प्रा. डा. केसीलाई अहिले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । हिजैबाट १४ औं पटकको अनसन थालेका डा. केसीलाई अनसनस्थल त्रिवी शिक्षण अस्पतालबाटै पक्राउ गरिएको हो ।

सर्वोच्च अदालतले डा. केसीले अदालतको मानहानी गरेको भन्दै आज बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाममा आदेश जारी गरेपछि प्रहरीले राति नै पक्राउ गरेको हो ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले हिजोदेखि अनसन सुरु गरेको थियो।

प्रधानन्यायाधिस पराजुली सहितको इजलासले डीन डा. शशी शर्मालाई पुनर्वहाली गर्न आदेश दिए लगत्तै डा. केसी त्यसको विरोधमा अनसन बसेको हो। अनसन बस्नु अगाडि डा. केसीले पत्रकार सम्मेलनमा प्रधानन्यायाधिश पराजुली भ्रष्ट र माफिया भएको आरोप लगाएको थियो।

यसैबिच डा.केसीलाई पक्राउ गरेको विरोधमा काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भइरहेको छ । डा. केसीका समर्थकहरुले व्यापक विरोध प्रदर्शन गरेका हुन्।

Share