दुई वर्षपछि पहिलो पटक उच्चस्तरीय वार्ता

दुई वर्षपछि पहिलो पटक उच्चस्तरीय वार्ता

उत्तर कोरिया र दक्षिण कोरियाबीच उच्चस्तरीय वार्ता शुरु भएको छ । दुई देशको सीमाक्षेत्र अन्तर्गत पान्मुन्जोम गाउँमा रहेको पीस हाउसमा नेपाली समय अनुसार विहान पौने ७ बजेदेखि वार्ता शुरु भएको हो ।

दुई देशका उच्च अधिकारीहरुबीच दुई वर्षपछि पहिलो पटक वार्ता भएको हो । यसअघि दुई देशबीच सन् २०१५ डिसेम्बरमा उच्चस्तरीय वार्ता भएको थियो।

वार्तामा विशेषगरी आगामी फेब्रुअरीमा दक्षिण कोरियामा हुने शितकालीन ओलम्पिक खेलकुदमा उत्तर कोरियाको सहभागिता बारे छलफल हुने अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन्।  दक्षिण कोरियाले भने यसलाई दुई देशबीचको सम्बन्ध सुधारको अवसरका रुपमा लिएको बताएको छ।

उत्तर कोरियाले लगातार परमाणु उर्जा कार्यक्रम जारी राखेपछि दुई देशबीचको सम्बन्ध विग्रिएको छ । वार्तामा दुवै देशका पाँच/पाँच जना प्रतिनिधि सहभागी रहेका छन्।

– एजेन्सी ।

Share