अबको ४ वर्षमा ३ हजार मेगावट उत्पादन थपिने

अबको ४ वर्षमा ३ हजार मेगावट उत्पादन थपिने

काठमाडौ । स्वतन्त्र उर्जा उत्पादक संघ इपानका उपाध्यक्ष कुमार पाण्डेले विद्युत बिक्रिका लागि भारतमा बजार बनाउनु पर्ने बताएको छ।

पाण्डेले आगामी वर्षको वर्षा यामसँगै नेपाललाई आवश्यक हुने विजुली भन्दा बढी उत्पादन हुने भएकाले बजारको सुनिश्चतता गर्नु पर्नेमा जोड दिए।

इपान उपाध्यक्ष पाण्डेले जलविद्युतमा निजी क्षेत्रले लगानी गर्न थालेको १३÷१४ वर्षको अवधिमा विद्युत प्राधिकरणले बराबर उत्पादन गर्न थालेको बताउदै अबको ४ वर्षमा ३ हजार मेगावट उत्पादन थपिने बताए ।

यसअघि नेपाल विद्युत प्राधिकरणले सन् २०१८÷१९ मा मात्र बर्षाको समयमा ४ सय ४१ मेगावाट विद्युत् बढी हुने प्रक्षेपण गरेको थियो।

नेपाल विद्युत प्राधिकरणका अनुसार यो समयमा विद्युतको माग १ हजार ८ सय ४२ मेगावाट हुनेछ भने आपूर्ति २ हजार २ सय ८३ मेगावाट हुनेछ।

Share