समाचारको विषयलाई लिएर पत्र नकाट्ने सहमती

समाचारको विषयलाई लिएर पत्र नकाट्ने सहमती

काठमाडौ । नेपाल प्रेस काउन्सिलले समाचार लेखेकै आधारमा पत्रकारलाई पत्र नकाट्न प्रहरीलाई आग्रह गरेको छ ।

पूर्व डिआईजी नवराज सिलवालको किर्ते मुद्धामा अनुसन्धानको विषयलाई लिएर महानगरीय प्रहरी परिसर काठमाडौंले दोस्रो पटक पत्र लेखेर सम्पादक नै प्रहरी कार्यालयमा उपस्थित भई स्रोत खुलाउन भनेपछि काउन्सिलले महानगरीय प्रहरीसँग आज छलफल गरेको हो ।

काठमाण्डौंका प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकसँगको छलफलमा समाचारको विषयलाई लिएर पत्र नकाट्ने सहमति भएको काउन्सिलका सूचना अधिकारी दीपक खनालले जानकारी दिए ।

पत्रकारसँग कुनै जानकारी लिनु परेमा प्रेस काउन्सिल मार्फत गर्न भनिएको छ । अबदेखि समाचारको विषयलाई लिएर पत्र नकाट्ने र आवश्यक परेमा प्रेस काउन्सिल मार्फत् सम्पर्क गर्ने विषयमा प्रहरी अधिकारीहरु सहमत भएका छन् ।

Share