टेलिकम टावर पूर्वी रोल्पामा धमाधम निर्माण हुँदै

टेलिकम टावर पूर्वी रोल्पामा धमाधम निर्माण हुँदै

मनिषा राई / रोल्पा । पूर्वी रोल्पाको सुनछहरी गाउपालिका वडा नं. ६ फगाममा नेपाल टेलिकम (NTC) को टावर निर्माण कार्य भइरहेको छ।

आफन्त सङग कुरा गर्नका लागि कि त अलि अग्लो ठाउँ कि त सुलिचौर बजार धाउनु पर्ने बाध्यतामा रोमलिएका सुनछहरी गाउपालिका ६ फगामबासीहरुको समस्या अव भने दुर हुने भएको छ ।

आधुनिक युगमा पनि सञ्चारको पहुँच भन्दा बाहिर रहेको फगाम फोनले भरपर्दाे काम नगर्दा त्यहाँका स्थानियहरुले हैरानी खेप्नु परेको थियो। स्थानियहरु प्रायको हात हातमा android मोबाइल भएपनि गीत सुन्न र भिडियो हेर्न मात्र प्रयोग हुने गरेको छ ।

टेलिफोनले काम नगर्दा अर्कै सन्सार गएजस्तो लाग्ने फगाममा टावर बनेपछि समस्याको समाधान हुनेछ र सञ्चार क्षेत्रमा पनि आमूल परिवर्तन आउनेमा स्थानियहरु आशाबादी छन् । साथै फगाम र आसपासका समुदायले यो सुबिधा अब छिट्टै उपभोग गर्न पाउने भएपछि स्थानियहरु निकै हर्षित भएका छन्।

टावर निर्माण भएपछि फगाममा मात्र नभई छिमेकी साविकका गाविसहरु गजुल, जैमाकसला, जेल्बाङ लगायतका स्थानियहरुले पनि प्रत्येक्ष सेवा लिन पाउने पक्का भएका छन्।

सुनछहरी गाउँपालिका वडा नं. ६ का वडाअध्यक्ष अमरजित पुनमगरले यसअधि बिद्युत समेत गाउँमा पुगि सकेको बताउदै टावर निर्माण स्थलसम्म बिद्युत पु¥याई अलि ठूलो क्षमताको निर्माण गर्ने बताए ।

वडा अध्यक्ष पुनमगर लगायत गाउपालिकाकै पहलमा गाउँमा विभिन्न विकासका कामहरु भइसकेका छन् भने कतिपय विकास निर्माणका कामहरुले पनि तिव्रता पाएको छ।

विगतका दिन र वर्तमानका दिन साथै भविष्यको दिनलाई तुलना गर्दा आकाश जमिनको फरक भएको छ ।

Share