चिसोका कारण देशैभरका जनजीवन अस्तव्यस्त

चिसोका कारण देशैभरका जनजीवन अस्तव्यस्त

काठमाडौ । देशभरि नै चिसो बढेका बेला मनाङमा भने माइनस १६ डिग्री तापक्रम पुगेको । राति जमिनमा परेको शीत जमेर बरफ बनेको छ।
मनाङमा अहिले काम गर्ने कामदार र सरकारी कार्यालयका कर्मचारी मात्र देखिने गरेका छन् । पिउने पानीका मुहान जमेका छन् ।

खोलामा पानी होइन बरफ चिप्लेको देखिन्छ । अत्यधिक चिसो बढेपछि मनाङका बासिन्दा घरबाट बाहिर निस्कन सकेका छैनन् । सबैजसो ढोका लगाएर घरभित्रै बस्ने गरेका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।

त्यस्तैगरी चिसो बढेपछि चितवनको भरतपुर महानगरपालिकाले आजदेखि तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । भरतपुर महानगरपालिकाको शिक्षा शाखाले मौसमको प्रतिकुलताका कारण विद्यार्थीहरुमा असर पर्र्ने र विरामी हुनसक्ने भन्दै अनुकुलताका आधारमा तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

महानगरको शिक्षा शाखाले निर्णय गरे अनुसार आजदेखि २६ गतेसम्म स्कूल बन्द गर्न विद्यालयहरुलाई अनुरोध गरिएको महानगरपालिकाकी प्रमुख रेणुु दाहालले जानकारी दिइन् ।

चितवनमा ३ सय ७७ सामुदायिक विद्यालय र १ सय ३७ संस्थागत विद्यालय छन् ।

Share