कथा : जुनकिरी

कथा : जुनकिरी

उनलाई गाउँलेहरु चिनेजानेका नातागोता साथीसंगी सबै बडो प्यारले सौहार्दता पूर्वक जुनकिरी भनेर बोलाउँथे।मैले उनलाई चिनेको धेरै भएको थिएन र मलाई उनका बारेमा खासै केहि थाहा पनि थिएन किनकी म त्यो गाउँमा एउटा खानेपानीको पोंजेक्टमा म्यानेजर भएर ३ महिना अघि मात्रै गएको थिएँ।

म गाउँमा गएपछि स्थानिय सबैको बारेमा जानकार हुनु,त्यो ठाउँको माहौल बुझ्नु काम गर्न कसलाई हात लिनुपर्छ सब बुझ्दै गर्दा जुनकिरीका बारेमा सुनेको थिएँ। सुने देखि नै त्यस क्षेत्रका मान्छेहरुले उनलाई जुनकिरी भन्दा मैले शुरु शुरुमा त खासै चासो राखिन तर धेरैले धेरै ठाउँमा उनलाई जुनकिरी भनेको सुनेपछि भने मेरो मनमा एउटा कौतुहलताले काउकुती लाउन थाल्यो किन सबैले उनलाई जुनकिरी भनेका  होलान ॽ

म उनलाई गाउँटोल दोबाटो मेलापात वा शहरतिरका काममा जहाँ भेटुँ वा देखुँ,कहिल्यै अँध्यारो मुहारमा देखिन। उनी हाँसी खुशी र सधै ड्यासिङ्ग पर्सनालिटमा देख्थें। गाउँभरिकाले उनलाई नमुना बुहारीका रुपमा लिन्थे ।कसैका घरमा बुहारीलाई सम्झाउनु वा केहि भन्नु परे बुहारी भनेको त जुनकिरी जस्ती हुनुपर्छ भन्थे। यस्तो कुरा सुन्दा म झन झन हौसिन्थे उनका बारेमा जानकार हुन । उनमा के छ त्यस्तो जुन कुराले उनलाई जुनकिरी बनायो।

एकदिन म वडा कार्यालय तिर जादै थिएँ बाटोमा गाउँका मुखिया बा भेटिए । नमस्कार हजुर मैले दुई हात जोरें । मुखिया बा ले नि हात जोरे र भने बाबु कतातिरनिॽ मैले प्रश्न चुहिन नपाउँदै जवाफ फर्काएँ । वडाध्यक्षलाई भेटुँ भनेर जान लाग्या बा उपभोक्ता समिती बनाउनु पर्यो भनेर सल्लाह गर्न। यति भन्नासाथ मुखिया बा ले गर्वले भने हाम्रो गाउँको हरेक विकासका काममा कहिं न कहि जुनकिरीको हात छ त्यसैले यहाँ कुनै पनि विकास निर्माणका काममा होस वा त्यसका लागि समिती बन्दा होस वा समूह बन्दा जुनकिरी छुट्नुहुन्न है ।

उनले गर्वले जुनकिरीको नामलिएपछि भने आज मुखिया बासंग आफ्नो कौतुहल मेटाउने सुर गरे र सोधें हैन मुखिया बा जुनकिरीको नागरिकताको नाम के हो नि जुनकिरी नै हो र नामॽ मुखिया बाले भने हैन नि बाबु उसको नाम त सानुमाया हो नि ।उनलाइ सानैमा बिहे गरि ल्याईएको हो यस गाउँमा। तर उसको खानदान अनुसार उसलाई उसका घरकाले राख्न सकेनन्। साह्रै शोभानकी छिन बिचारा।

सासु ससुरा नन्द लोग्ने कसैले कहिल्यै उसलाई राम्रो व्यवहार गरेनन् । तैपनि उसले त्यो घरको कुरालाई कहि व्यक्त गरिनन्। तयति हुदा नि उच्च शिक्षा ग्रहण गर्न सफल उनले त्यो तनाव त्यो यातनामा ३ बच्चा जन्माईन्। एउटा छोरी जन्मेको कहेहि समयमा घर परिवारले समयमा अस्पताल लान नदिएर वितीन अहिले दुईटा बच्चा छन्। उनले तीनैका लागि आफ्ना सारा पीडा भुलेर अघि बढी रहिन्।उनका पाईला कहिल्यै रोकिएन।अहिले उनले लोग्ने र लोग्नेको सारा सम्पत्तिलाई त्यागेर सदर मुकामको एक विध्यालयमा पढाउँछिन्। सदरमुकाम मै बस्छिन्।

गाउँमा केहि पर्दा हामीले बोलाउने गरेका छौं र उन पनि आउँछिन गाउँको हरेक काममा काँधमा काँध मिलाउँछिन्। उनले कहिल्यै कुनै कुरामा हिम्मत हारिनन्। हाम्रो गाउँको उनी साँच्चैकी जुनकिरी हुन बाबु। सधै आफ्नै रफ्तारमा सधै आफ्नै तालमा कसैको भर नपरि सदा हाँसी खुशी रहने सदा उत्साही भएर जीवन जिउन जानेकी चेली हो हाम्रो गाउँकी।

यति सुनेदेखि उनीमाथि अथाहा माया जागेर आयो । उनलाई जीवनको सारा खुशी रसुख ओइराईदिन मन लाग्यो। तर म त्यसो गर्न सकिदनथे। मलाई त्यो ठाउँमा लामो समय रहनु थियो।आफ्नो मिसन सफल पार्नु थियो । म उनको ईज्जत मान मर्यादामा अलिकतिनि आँच पुर्याउन चाहान्नथें।तथापि मनमुटुले माया भने गरेरै छाड्यो जीवनमा उनलाई पाउनु नपाउनुसंग कुनै सरोकार राखेन।उनी अहिले मरै प्रोजेक्टमा काम गर्छिन।

मेरो अफिसको सबै जसो काम उनैले सम्हालेकि छिन्। उनी झैं साहासी व्यक्ति सहयोगी पाउँदा त्यसै पनि खुशी थिएँ त्यसमाथि सारा गाउँलेले सम्मान र माया गरेकी नमुना जुनकिरीको उज्यालोमा त्यो गाउँ मात्र होइन मेरो जीवनले पनि थोरै त्यो जुनकिरीको उज्यालोमा उजेलिन पाएको थियो। म मख्ख थिएँ गाउँकी सबैको हौसला र आशाकी छडी मेरो वरिपरि पाउँदा खुशीको सिमा थिएन। म त्यो मेरो जीवनको खुशी मन मुटु छेउ छातीभित्र लुकाएर सम्हालेर राख्न चाहान्छु तर उनको मान मर्यादामा कुनै आँच आउन नदिईकन।

जुनकिरी सबैको उज्यालो अनि अनि आशाकी केन्द्र खै कसरी जीवनको यो मोडमा खुशी उर्जा र उत्साह बनेर आइन तर त्यो उज्यालो अनि त्यो साथ र सहयोगको खुशी सदा अदृश्य रह्यो केवल आँखा मन र मुटुले मात्र महसुस गर्न पायो न उनले कहि खोल्न सकिन त्यो कुरा न त मैले।

यस्तै यस्तै कुरा मनमा खेलाउँदै म कतिखेर निदाएँ थाहै पाइन।

– दिपक अभिमन्यू

Share