४८ वर्षे इतिहासलाई तोड्दै काठमाडौ जेसिज महिलाको कब्जामा

४८ वर्षे इतिहासलाई तोड्दै काठमाडौ जेसिज महिलाको कब्जामा

काठमाडौं । काठमाडौं जेसिसको अध्यक्षको जिम्मेवारी ४८ बर्षे इतिहासमा पहिलो पटक महिलाले सम्हालेकी छन् । ३५औं शाखा अधिवेशन तथा ४७ औं वार्षिक साधारण सभाबाट अध्यक्षमा निर्वाचित भई इनु थापाले सन् २०१८ का लागि पदभार ग्रहण गरेको हो ।

नव निर्वाचित थापालाई निवर्तमान अध्यक्ष दीपक भण्डारीले पद तथा गोपनीयताको सपथ गराई पदभार हस्तान्तरण गरेको छ । पूर्व प्रधानन्यायाधिश कल्याण श्रेष्ठको प्रमुख आतिथ्यतामा तथा नेपाल जेसिजका निरूपित राष्ट्रिय कार्यकारी उपाध्यक्ष पदम बिक्रम सिंह तथा निरूपित राष्ट्रिय उपाध्यक्ष रबिन पोखरेलको उपस्थितिमा राजधानीको नेपा ब्याङकेटमा आयोजित ४८ औ पदस्थापन समारोह सम्पन्न भएको हो ।

कार्यक्रममा काठमाडौं जेसिजका पूर्वअध्यक्षहरु गजेन्द्र बहादुर श्रेष्ठ, प्रकाश चन्द्र प्रधान,सञ्जयनाथ जोशी, ईन्द्र रत्न बज्राचार्य, सुरेश प्रजापति, मनोज कुमार श्रेष्ठ, शुशिल कुमार श्रेष्ठ, रत्न काजी श्रेष्ठ, सुशील कुमार श्रेष्ठ, बद्री दास श्रेष्ठ, सुशील बाबु श्रेष्ठ, मनिन्द्र बहादुर जोशी, श्याम कृष्ण श्रेष्ठ, प्रमिल स्थापित, चन्द्र रबी श्रेष्ठ, गणेश पौडेलले बर्ष २०१७ का अध्यक्ष दिपक भण्डारीको गलाबाट अध्यक्षको पदभार प्रतिक चेन (हार) झिकि निर्वाचित प्रथम महिला अध्यक्ष सेनेटर इनु थापालाई पहिराई दिएका थिए ।

सोही अबसरमा नवनिर्वाचित अध्यक्ष इनु थापाले २०१८ का लागि कानूनी सल्लाहकारमा सागर श्रेष्ठलाई नियुक्त गरिसकेकी छिन् भने संचालक समितिलाई पूर्णता प्रदान गरी १६ सदस्यीय पदाधिकारीहरूलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी थिइन् ।

नयाँ निर्वाचित पदाधिकारीमा निवर्तमान अध्यक्ष दिपक भण्डारी, कार्यकारी उपाध्यक्षहरु विवश कर्माचार्य, भुवन कुमार श्रेष्ठ र मुकुन्द दाहाल, महासचिबमा कैलाश श्रेष्ठ, कोषाध्यक्षमा अनुप सुनुवार, सहसचिबमा रफी भण्डारी, सहकोषाध्यक्षमा प्रनिल थापा उपाध्यक्षहरुमा एन्जिला खड्का, रोजी अधिकारी, शोभा बस्नेत सिंह, होमराज श्रेष्ठ, प्रकाश श्रेष्ठ र रबिन कुमार महर्जन रहेका छन् ।

आयोजित वार्षिक साधारण सभामा जेसिजलाई महत्वपूर्ण योगदान पुर्याउदै आएका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्वप्रधानन्यायाधिश कल्याण श्रेष्ठले युवाहरुलाई देश विकासका लागि जागरुक हुन आग्रह गर्दै जताततै बेथिति बढिरहेकाले त्यसलाई सही बाटोमा ल्याउन जेसिजमा संलग्न युवाहरुको भूमिका महत्वपूर्ण रहने वताएका थिए ।

Share