गुणस्तरमा एकरुपता ल्याउन जगदम्बाको प्राविधिक गोष्ठी

गुणस्तरमा एकरुपता ल्याउन जगदम्बाको प्राविधिक गोष्ठी

काठमाडौ । नेपालमा गुणस्तरीय उत्पादन, वृहत सञ्जाल र गुणस्तरमा एकरुपता जस्ता विशेषता बोकेको जगदम्बा सिमेन्टले उपभोक्तामुखी सेवालाई नै आफ्नो मूलवाटो बनाउदै अघि बढीरहेको छ ।

सिमेन्टले विभिन्न ठाउँहरुमा विभिन्न उपभोक्तामुखी कार्यक्रमहरु जस्तै डिलर भेटघाट कार्यक्रम, निर्माणकर्मी भेटघाट, अन्तरक्रियात्मक कार्यक्रमहरुलाई तीब्र पारेको हो।

यसैक्रममा काठमाडौ जिल्लामा पुस २१ गते इन्जिनियर वर्गसंग JAGDAMBA CEMENT CAUCUS मा सुरक्षित र दिगो निर्माण, पुननिर्माण सामाग्रीको छनौट र प्रयोग लगायत Blended Cement को उच्चतम प्रयोग तथा उपभोग लगायत उपभोक्ता मैत्री सेवाका विषयमा छलफल तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ।

जसमा ३० जना भन्दा बढी प्राविधिक ब्यक्तिहरुको उपस्थिती थियो । उपस्थित हुनेहरुमा नगरपालिका योजना प्रमुखदेखि भुकम्प प्रतिरोधी निर्माण गर्ने Supervision गर्ने प्राविधिक, जगदम्बा सिमेन्टका वरिष्ठ आयोजना प्रमुख र वरिष्ठ ईन्जिनियरहरुको समेत उपस्थिति रहेको थियो ।

यस कार्यक्रममा जगदम्बा सिमेन्टमा कार्यरत वरिष्ठ आयोजना प्रमुख सुनिल पौडेल र वरिष्ठ इन्जिनियर रमनहरी भुर्तेलले विविध प्राविधिक प्रस्तुति दिएको थियो।

त्यस्तैगरी ब्राण्ड प्रवन्धक जगन्नाथ दहालले Blended Cement को प्रयोगले एकातर्फ देशमा रहेको श्रोत (चुनढुङ्गा) को न्यूनतम प्रयोग गरी अधिकतम लाभ लिन सकिने र अर्कोतर्फ उपभोक्तालाई पनि व्ययभार कम पर्न जाने विषयमा प्रस्ट्याएका थिए ।

ब्राण्ड प्रवन्धक दहालका अनुसार संरचनालाई जति आवश्यक हुन्छ त्यती मात्र निर्माण सामाग्रीको प्रयोगले देशको आर्थिक सम्मृद्धी हुने दाबी गर्दै जगदम्बा सिमेन्ट यसप्रति प्रतिबद्ध छ र भविश्यमा पनि रही रहने प्रतिवद्धता जनाएका थिए ।

Share