चुनाव खर्च विवरण सार्वजनिक

चुनाव खर्च विवरण सार्वजनिक

काठमाडौ । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा अहिलेसम्म ५ अर्ब ६२ करोड २१ लाख ४७ हजार २ सय ९९ रुपैँया खर्च भएको जनाएको छ।

पुस २१ गतेसम्मको खर्च विवरण सार्वजनिक गर्दै निर्वाचन आयोगले कुल बजेटको ५७ दशमलव ९६ प्रतिशत मात्रै खर्च भएको जनाएको हो।

निर्वाचनका लागि सरकारले १० अर्ब रुपैंयाँ निकासा गरेको थियो । आयोगले आज विज्ञप्ति निकाल्दै ७७ जिल्लाका लागि अहिलेसम्म ४ अर्ब ८६ करोड १४ लाख ६८ हजार ६ सय रुपैँया र निकासा भएको जनाएको छ ।

आयोगको केन्द्रीय कार्यालयबाट ७६ करोड ६ लाख ७८ हजार ६ सय ९१ रुपियाँ खर्च भएको आयोगको विज्ञप्तिमा छ । प्राप्त बजेटमध्ये अब ४ अर्ब ७ करोड ७८ लाख ५२ हजार ७ सय रुपैँया बाँकी रहेको भन्दै सोही रकमबाट राष्ट्रियसभा सदस्य निर्वाचन र राष्ट्रपति एवं उपराष्ट्रपतिको निर्वाचन गर्ने निर्वाचन आयोगले जनाएको छ।

Share