किड्डी फेश अफ द एयरको तेस्रो ट्यालेन्ट शो सम्पन्न

किड्डी फेश अफ द एयरको तेस्रो ट्यालेन्ट शो सम्पन्न

ललितपुर । वालबालिकाहरूमा अन्तनिर्हित प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले सञ्चालित किड्डी फेश अफ द एयरको तेश्रो संस्करण को ट्यालेन्ट शो सम्पन्न भएको छ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्वारा आयोजित ट्यालेन्ट शो कार्यक्रममा बालबालिकाहरूले आफूमा भएको प्रतिभालाई अपत्यारिलो रुपमा प्रस्तुत गरेका थिए।

किड्डी फेश अफ द एयरको ट्यालेन्ट शो  मा बालबालिकाहरूले नृत्य, गायन, अभिनय, चित्रकला, बक्क्तिृत्व कला, वाद्य वादनमा धिमे बाजा आदि प्रदर्शन समेत गरिएको थियो ।

ट्यालेन्ट शो को निर्णायक मण्डलमा गायक तथा म्यूजिक ऐरेन्जर कम्पोजर सोहन मानन्धर, मिस काभे्र सिजन ९ का विजेता स्नेहा प्रधानाङ्ग, डान्स कोरियोग्राफर सुमित्रा खड्का र व्यूटिसियन गुण केशरी ताम्राकार रहेका छन्।

यस ट्यालेन्ट शो कार्यक्रमको फेशन डिजाइनिङ एनि तन्डुकारले गरेकी छिन् भने किड्डी फेश अफ द एयरको तेश्रो संस्करण को कोरियोग्राफी रेडियन्ट इभेन्टका फाउण्डर डाइरेक्टर राज फैजुले गरेका हुन् ।

ट्यालेन्ट शो का विजेताहरूलाई विभिन्न विज्ञापनहरूमा अवसरै अवसर प्रदान गरिने संस्थाकी कार्यकारी निर्देशक एवं फेशन डिजाइनर श्रीषा वैदार फैजुले बताइन्।

किड्डी फेश अफ द एयरको ट्यालेन्ट शो  अन्तिम चरणका प्रतियोगिता आउदो शनिवार पौष २९ गते, राष्ट्रिय नाचघर जमल काठमाडौंमा सम्पन्न हुने संस्थाकी कार्यकारी निर्देशक एवं फेशन डिजाइनर श्रीषा फैजुले जानकारी दिइन् ।

कार्यक्रमको ग्राण्ड फिनालीकै निम्ति मिसेस् इन्डिया ईन्टरनेशनल भिभासियस क्विन् २०१७ का बिजेता अञ्जना श्रीवास्तव, मिसेस यूनिभर्स नर्थ एसिया २०१६ का विजेता साक्षी शर्मा र भारतका चर्चित फेशन डिजाइनर पुष्पा शर्मा पहिलो पटक नेपाल आउदैं छन् ।

Share